अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प

अफगानिस्तानमा पुनः ६.३ म्याग्निच्युडको भूकम्प : Icon Khabar
काठमाडौँ, असोज २८ । अफगानिस्तानको पश्चिमी क्षेत्रमा आइतबार छ दशमलव तीन म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको आमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । यसै महिनाको भूकम्पको शृङ्खलाले एक हजारभन्दा बढीको ज्यान लिएको क्षेत्रमा पछिल्लोपटक भूकम्प गएको हो ।
ग्रिनविच मिनटाइमअनुसार तीन बजेर ३६ मिनेटमा हेरात सहरभन्दा ३३ किलोमिटर टाढा भूकम्प गएको हो । यही असोज २० गते (अक्टोबर ७) हेरातको सोही भागमा छ दशमलव तीन म्याग्निच्युडको शक्तिशाली भूकम्प र आठ वटा परकम्प गएको थियो । उक्त भूकम्पले ग्रामीण घरहरू ध्वस्त पारेको थियो भने एक हजारभन्दा बढीको मृत्यु र सयाँै घाइते भएका थिए ।
हजारौँ भयभित बासिन्दा बिना आश्रय रहन बाध्य भएको र स्वयंसेवकहरूले बाँचेकाहरूको खोजी गरिरहेका बेला सोही तीव्रताको अर्को भूकम्प जाँदा एक जनाको मृत्यु र एक सय ३० जना घाइते भएका थिए ।
भूकम्पमा परी मर्नेहरूमा ९० प्रतिशतभन्दा बढी महिला र बालबालिका रहेको युनिसेफले बुधबार बताएको थियो । भूकम्पबाट १२ हजारभन्दा बढी नागरिक प्रभावित भएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
सन् २०२१ मा अफगानिस्तानको सत्तामा आएको तालिबान अधिकारीहरूका लागि ठूलो मात्रामा आश्रयको व्यवस्था गर्न चुनौती हुने छ । तालिबानको अन्तर्राष्ट्रिय दातृ संस्थाहरूको सम्बन्ध खराब छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 October 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने