नारायणगढ–मुग्लिन सडकमा ठूला मालवाहक सवारी चलाउन नपाइने

नारायणगढ–मुग्लिन सडकमा ठूला मालवाहक सवारी चलाउन नपाइने : Icon Khabar
फाईल फोटो

काठमाडौं, असोज २८ । आज आइतबार (असोज २८ गते) देखि काठमाडौं उपत्यका भित्रिने प्रमुख मार्ग नारायणगढ–मुग्लिन सडकमा ठूला मालवाहक सवारी चलाउन नपाइने भएको छ ।

यातायात व्यवस्था विभागले दशैंका लागि यात्रुको चाप हुने र यात्रुवाहक सवारी पनि बढी गुड्ने भएका कारण उक्त सडक खण्डमा ठूला मालवाहक प्रवेश निषेध गरिएको जनाएको छ ।

विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ८ गतेसम्म रोक लगाइने छ । यस व्यवस्थाले दसैंमा घर जाने–आउने गर्ने यात्रुलाई सहज हुनेछ ।

यात्रुवाहक सवारी निर्वाधरुपमा सञ्चालन गर्नका लागि यसबाट सहयोग पुग्ने यातायात व्यवस्था विभागको भनाई छ । यस्तै, दसैंकै अवसरमा सरकारले देशभरका यातायातको रुट परमिट नियम पनि खुला गरेको छ । यसबाट यात्रु बोकेर सवारी साधन जुनसुकै रुटमा पनि जान पाउनेछन् ।

Published Date: 15 October 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु