नारायणगढ–मुग्लिन सडकमा ठूला मालवाहक सवारी चलाउन नपाइने

नारायणगढ–मुग्लिन सडकमा ठूला मालवाहक सवारी चलाउन नपाइने : Icon Khabar
फाईल फोटो

काठमाडौं, असोज २८ । आज आइतबार (असोज २८ गते) देखि काठमाडौं उपत्यका भित्रिने प्रमुख मार्ग नारायणगढ–मुग्लिन सडकमा ठूला मालवाहक सवारी चलाउन नपाइने भएको छ ।

यातायात व्यवस्था विभागले दशैंका लागि यात्रुको चाप हुने र यात्रुवाहक सवारी पनि बढी गुड्ने भएका कारण उक्त सडक खण्डमा ठूला मालवाहक प्रवेश निषेध गरिएको जनाएको छ ।

विभागका अनुसार खाद्यान्नलगायतका अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने साधनलाई भने रोकिने छैन । ट्रेलरलगायतका ठूला गाडीलाई भने कोजाग्रत पूर्णिमा अर्थात् कात्तिक ८ गतेसम्म रोक लगाइने छ । यस व्यवस्थाले दसैंमा घर जाने–आउने गर्ने यात्रुलाई सहज हुनेछ ।

यात्रुवाहक सवारी निर्वाधरुपमा सञ्चालन गर्नका लागि यसबाट सहयोग पुग्ने यातायात व्यवस्था विभागको भनाई छ । यस्तै, दसैंकै अवसरमा सरकारले देशभरका यातायातको रुट परमिट नियम पनि खुला गरेको छ । यसबाट यात्रु बोकेर सवारी साधन जुनसुकै रुटमा पनि जान पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 15 October 2023
Website | + posts




ताजा
रेशम चौधरीले पार्टी अध्यक्षमा अघि सारे २७ वर्षीय ‘जेनजी’
यूएईसँग नेपालको हार
आज रातिदेखि भारी वर्षा हुने, शनिबारसम्मै वर्षा कायम रहने
बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाल सरकार र जापान सरकारबीच अनुदान सम्झौता


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने