भक्तपुरको ब्रम्हायणीमा जमरा रोप्ने पांगो माटो निकाल्न स्काउटहरुको सहजीकरण

भक्तपुरको ब्रम्हायणीमा जमरा रोप्ने पांगो माटो निकाल्न स्काउटहरुको सहजीकरण : Icon Khabar

भक्तपुर, असोज २८ । भक्तपुरको ब्रम्हायणीमा आइतबार बिहानैदेखि माटो लिनेको घुइचो लागेको छ । हरेक वर्ष नवरातको पहिलो दिन जमरा रोप्नका लागि भक्तपुरका स्थानियहरु ब्रम्हायणीमा पांगो माटो लिन जाने गर्दछन्। सोहि माटो झिक्ने कार्यलाई सहजता प्रदान गर्न स्काउटहरुले यो वर्षपनि सहयोग गरेको नेपाल स्काउटका राष्ट्रिय सहायक प्रशिक्षक बालकृष्ण बनमालाले बताए ।

हरेक वर्ष जस्तै यसवर्ष पनि निओ फ्युजन ओपन रेन्जर क्रु र ख्वपरिंग ओपन रेन्जर क्रुको संयुक्त आयोजनामा पांगो माटो वितरण गरेको प्रशिक्षक बनमालाले बताए । मेलामा आउने भक्तजनहरुले घरघरमा जमरा राख्नको लागि पांगो माटो लिएर जाने भएका कारण सहज बनाउने हेतुले यो कार्य गर्दै आएको बनमाला भन्छन् ।

जसका लागि करिब सय जना स्काउट परिचाल गरिएको उनले जानकारी दिए ।

Published Date: 15 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी