देशका पहाडी भूभागमा वर्षाको सम्भावना

देशका पहाडी भूभागमा वर्षाको सम्भावना : Icon Khabar

काठमाडौं, असोज २६ । देशका पहाडी भूभागमा मौसम बदली रहनेछ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी प्रदेश लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

कोशी प्रदेशका थोरै स्थानहरुमा र वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

देशभर मौसम बदली हुने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाका अधिकारीले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 13 October 2023
Website | + posts




ताजा
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
कोदारी राजमार्गको डाक्लाङ खण्डमा पहिरो खस्दा तातोपानी नाका पुनः अवरुद्ध
भीषण पहिरोले दार्जिलिङमा १८ जनाको नेपाली भाषीको मृत्यु
चीनले मानिसजस्तै बौद्धिक एजीआई बनाउने


ट्रेन्डिङ
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक
उदयपुर U-18 क्रस कन्ट्री रेसमा भक्तपुरबाट आयुषको प्रतिनिधित्व हुने
शीतलनिवासमा जुट्यो सहमति : प्रतिनिधि सभा विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ