राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित

राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित : Icon Khabar

काठमाडौं, असोज २३ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । आउँदो असोज २६ गते नेपाल आउने कार्यक्रम तय गरेका गुटेरसको भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

गत शनिबारबाट प्यालेस्टाइनको लडाकु समूह हमास र इजरायलबीच चर्किएको युद्धका कारण अहिले उनको नेपाल भ्रमण स्थगित भएको उनले बताइन् । ‘अहिले तत्कालका लागि उहाँ (एन्टोनियो गुटेरस) को भ्रमण स्थगित भएको हो,’ उनले भनिन्, ‘केही समयपछि उहाँको भ्रमण हुन्छ । अहिले जारी युद्धका कारण उहाँको भ्रमण स्थगित भएको हो ।’

तीन दिने नेपाल भ्रमणका क्रममा उनले संघीय संसद्मा सम्बोधन गर्ने समेत कार्यक्रम तय भएको थियो । उनी लुम्बिनी र पोखरा जाने कार्यक्रम पनि तय भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रथम र दोस्रो महासचिव क्रमशः ट्रेज ली र ड्याग ह्यामरसोल्ड बाहेक राष्ट्रसंघका ६ पूर्व महासचिवले नेपालको भ्रमण गरेका छन् ।
Published Date: 10 October 2023




ताजा
बिहिबार पनि नेप्से परिसूचकमा गिरावट
विभिन्न क्षेत्रमा भारी वर्षा जारी रहँदा तराईका क्षेत्रमा तापक्रम बढ्यो
इ-पासपोर्ट खरिद प्रकरणमा ‍दुईवटा जर्मन कम्पनीका प्रतिनिधिहरुलाई अख्तियारले बोलायो
शिक्षामा २ खर्ब १८ अर्ब बजेट, सबै सामुदायिक माध्यमिक विद्यालयमा स्मार्टबोर्ड राख्ने योजना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न