राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित

राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण स्थगित : Icon Khabar

काठमाडौं, असोज २३ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । आउँदो असोज २६ गते नेपाल आउने कार्यक्रम तय गरेका गुटेरसको भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् ।

गत शनिबारबाट प्यालेस्टाइनको लडाकु समूह हमास र इजरायलबीच चर्किएको युद्धका कारण अहिले उनको नेपाल भ्रमण स्थगित भएको उनले बताइन् । ‘अहिले तत्कालका लागि उहाँ (एन्टोनियो गुटेरस) को भ्रमण स्थगित भएको हो,’ उनले भनिन्, ‘केही समयपछि उहाँको भ्रमण हुन्छ । अहिले जारी युद्धका कारण उहाँको भ्रमण स्थगित भएको हो ।’

तीन दिने नेपाल भ्रमणका क्रममा उनले संघीय संसद्मा सम्बोधन गर्ने समेत कार्यक्रम तय भएको थियो । उनी लुम्बिनी र पोखरा जाने कार्यक्रम पनि तय भएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क जाँदा महासचिव गुटेरसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । प्रथम र दोस्रो महासचिव क्रमशः ट्रेज ली र ड्याग ह्यामरसोल्ड बाहेक राष्ट्रसंघका ६ पूर्व महासचिवले नेपालको भ्रमण गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 October 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)