इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शाेककाे घोषणा

इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शाेककाे घोषणा : Icon Khabar

काठमाडौँ, असोज २२ ।  सरकारले मंगलबार राष्ट्रिय शाेककाे घाेषणा गरेकाे छ । इजरायलमाथि प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गरेकाे आक्रमणमा १० नेपाली विद्यार्थीकाे मृत्यु हुँदा सरकारले राष्ट्रिय शाेककाे घाेषणा गरेकाे हाे ।

सोमबार बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो । जस अनुसार भाेली देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने छ । यसकासाथै उक्त आक्रमणमा परी निधन हुनेका परिवारलाई १०-१० लाख रूपैयाँ राहत दिने पनि सरकारले निर्णय गरेकाे छ ।

यसैगरी, इजरायलमा रहेका नेपाली फर्किन चाहेमा नेपालीहरूलाई यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

Published Date: 09 October 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग