इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शाेककाे घोषणा

इजरायलमा मारिएका नेपालीको सम्मानमा मंगलबार राष्ट्रिय शाेककाे घोषणा : Icon Khabar

काठमाडौँ, असोज २२ ।  सरकारले मंगलबार राष्ट्रिय शाेककाे घाेषणा गरेकाे छ । इजरायलमाथि प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गरेकाे आक्रमणमा १० नेपाली विद्यार्थीकाे मृत्यु हुँदा सरकारले राष्ट्रिय शाेककाे घाेषणा गरेकाे हाे ।

सोमबार बसेको मन्त्रिपरिषद्को विशेष बैठकले उक्त निर्णय गरेको हो । जस अनुसार भाेली देशभरका सरकारी कार्यालय र विदेशस्थित नेपाली नियोगहरुमा राष्ट्रिय झन्डा आधा झुकाउने छ । यसकासाथै उक्त आक्रमणमा परी निधन हुनेका परिवारलाई १०-१० लाख रूपैयाँ राहत दिने पनि सरकारले निर्णय गरेकाे छ ।

यसैगरी, इजरायलमा रहेका नेपाली फर्किन चाहेमा नेपालीहरूलाई यथाशीघ्र नेपाल ल्याउने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 October 2023
Website | + posts




ताजा
पोखराबाट देखिएको मनमोहक माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला ( फोटो फिचर )
निर्वाचनको वातावरण बनिसकेको छ : सञ्चार मन्त्री खरेल
निर्वाचनका निम्ति हरसम्भव सहयोग गर्ने चीनको प्रतिबद्धता
आज सबै जिल्लामा विरोध प्रदर्शन गर्दै एमाले, केन्द्रीय नेताहरूले सम्बोधन गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )