इजरायलमा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै माइतीघर मण्डलामा दीप प्रज्ज्वलन

इजरायलमा मारिएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै माइतीघर मण्डलामा दीप प्रज्ज्वलन : Icon Khabar

काठमाडौं, असोज २२ । इजरायलमा प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासको आक्रमणमा परी निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको छ ।

लुम्बिनी विश्व शान्ति मञ्चको आयोजनामा माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको हो । प्यालेस्टाइनी कट्टरपन्थी समूहले गत शनिबार इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो । शनिबार बिहानदेखि इजरायलमा हमास समूहले आक्रमण जारी राखेको छ ।

दक्षिणी क्षेत्रमा पर्ने गाजा नजिकको किबुज अलुमिम क्षेत्रमा सुदूरपश्चिम विश्वविद्यालयका १७ जना विद्यार्थी रहेका थिए । तीमध्ये आक्रमणमा परेर १० जनाको ज्यान गएको हो । मञ्चका अध्यक्ष वासु गौतमले मृतकका परिवारप्रति समवेदना जनाउँदै र दुःखमा साथै छौं भन्ने सन्देश दिनका लागि दीप प्रज्वलन गरेको बताए ।
Published Date: 09 October 2023


ताजा
विदेशको भिसा नलागेसम्म BBS, भिसा लागेपछि ड्रपआउट! त्रिविको BBS को शैक्षिक मूल्य कहाँ पुग्दैछ?
रसुवाको बाढीपछि नेपालको पर्यटन छविमा चुनौती: विश्वसामु सकारात्मक सन्देश फैलाउने अवसर
आजदेखि सोह्रश्राद्ध सुरु, १६ दिनसम्म पितृको सम्झना र तर्पण गरिँदै
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग