के तपाईलाई दूध पिउने सही तरिकाको बारे जानकारी छ ?

के तपाईलाई दूध पिउने सही तरिकाको बारे जानकारी छ ? : Icon Khabar

काठमाडौँ, असोज २२ । आइकन खबरको यो जीवनशैलीमा आज हामी तपाईलाई दूध पिउने सहि तरिकाको बारेमा जानकारी दिदैछौं।

१. चिनी नराखी पिउनुस् दूध: अधिकांश मानिस चिनी मिसाएर दूध पिउने गर्छन्। तर, आयुर्वेदका अनुसार राति चिनी नमिसाइकन दूध पिउने हो भने लाभकारी हुन्छ। बरु सम्भव हुन्छ भने दूधमा गाइको घिउ एक या दुइ चम्चा मिसाउनुहोस्।

२. ताजा दूध नै पिउनुस्: शहरका बासिन्दा प्याकेटको दूध पिउछन्। तर, प्याकेटवाला दूध न ताजा हुन्छ, न जैबिक नै। ताजा्, जैविक र हर्मोन नमिसाइएको दूध सबैभन्दा राम्रो हुन्छ। त्यसैले सकेसम्म प्याकेटवाला दूध नपिएकै राम्रो।

३. काँचो दूध नपिउनुस्: केही मानिसहरु काँचै दूध पनि पिउँछन्। तर, यो स्वास्थ्यका लागि राम्रो मानिँदैंन। आयुर्वेदका अनुसार उमालेको र तातो दूधले स्वास्थ्यलाई राम्रो गर्छ। दूधमा अलिकता पानी मिसाउने हो भने सजिलै पनि पच्छ।

४. दूधमा ल्वाङ वा अलैंची मिसाउनुुस्: जसलाई दूध नपच्ने समस्या छ, उनीहरुका लागि अर्को तरिका पनि छ। दूधमा एक चिम्टी अदुवा, ल्वाङ, अलैंची, केसर, दालचिनी या जाइफल मिसाउनाले पेटमा अतिरिक्त गर्मी बढ्छ, जसको मद्दतबाट दूध सजिलै पच्छ पनि।

५. दूध र केसर मिसाएर खाँदा राम्रो: यदि कुनै अवस्थामा रातिको खाना खाइएको छैन भने एक चिम्टी जाइफल या केसर हालेर पिउनुस्। यसबाट निद्रा पनि राम्रोसंग पर्छ र शरीरलाइ ऊर्जा पनि प्राप्त हुन्छ।

६. नुनिलो चिज तथा माछा मासुसंगै दूध पिउनुहुन्न: आयुर्वेदका अनुसार कुनै पनि प्रकारको नुनिलो चिजका साथ दूध पिउनुहुन्न। क्रिम सुप या चिजसंगै दूध नखानुस्। यस्तै, दूधका साथ अमिलो फल तथा माछा मासुका साथ खानुहुन्न। दूध र माछाको सेवनले छालामा समस्या आउने आयुर्वेदको मान्यता छ। दूध र मासु सेवन गर्दा पनि समस्या हुन्छ। अमिलो चिज र दूध एकसाथ खानाले शरीरमा रियाक्सन हुन्छ।

Published Date: 09 October 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी