के तपाईलाई दूध पिउने सही तरिकाको बारे जानकारी छ ?

के तपाईलाई दूध पिउने सही तरिकाको बारे जानकारी छ ? : Icon Khabar

काठमाडौँ, असोज २२ । आइकन खबरको यो जीवनशैलीमा आज हामी तपाईलाई दूध पिउने सहि तरिकाको बारेमा जानकारी दिदैछौं।

१. चिनी नराखी पिउनुस् दूध: अधिकांश मानिस चिनी मिसाएर दूध पिउने गर्छन्। तर, आयुर्वेदका अनुसार राति चिनी नमिसाइकन दूध पिउने हो भने लाभकारी हुन्छ। बरु सम्भव हुन्छ भने दूधमा गाइको घिउ एक या दुइ चम्चा मिसाउनुहोस्।

२. ताजा दूध नै पिउनुस्: शहरका बासिन्दा प्याकेटको दूध पिउछन्। तर, प्याकेटवाला दूध न ताजा हुन्छ, न जैबिक नै। ताजा्, जैविक र हर्मोन नमिसाइएको दूध सबैभन्दा राम्रो हुन्छ। त्यसैले सकेसम्म प्याकेटवाला दूध नपिएकै राम्रो।

३. काँचो दूध नपिउनुस्: केही मानिसहरु काँचै दूध पनि पिउँछन्। तर, यो स्वास्थ्यका लागि राम्रो मानिँदैंन। आयुर्वेदका अनुसार उमालेको र तातो दूधले स्वास्थ्यलाई राम्रो गर्छ। दूधमा अलिकता पानी मिसाउने हो भने सजिलै पनि पच्छ।

४. दूधमा ल्वाङ वा अलैंची मिसाउनुुस्: जसलाई दूध नपच्ने समस्या छ, उनीहरुका लागि अर्को तरिका पनि छ। दूधमा एक चिम्टी अदुवा, ल्वाङ, अलैंची, केसर, दालचिनी या जाइफल मिसाउनाले पेटमा अतिरिक्त गर्मी बढ्छ, जसको मद्दतबाट दूध सजिलै पच्छ पनि।

५. दूध र केसर मिसाएर खाँदा राम्रो: यदि कुनै अवस्थामा रातिको खाना खाइएको छैन भने एक चिम्टी जाइफल या केसर हालेर पिउनुस्। यसबाट निद्रा पनि राम्रोसंग पर्छ र शरीरलाइ ऊर्जा पनि प्राप्त हुन्छ।

६. नुनिलो चिज तथा माछा मासुसंगै दूध पिउनुहुन्न: आयुर्वेदका अनुसार कुनै पनि प्रकारको नुनिलो चिजका साथ दूध पिउनुहुन्न। क्रिम सुप या चिजसंगै दूध नखानुस्। यस्तै, दूधका साथ अमिलो फल तथा माछा मासुका साथ खानुहुन्न। दूध र माछाको सेवनले छालामा समस्या आउने आयुर्वेदको मान्यता छ। दूध र मासु सेवन गर्दा पनि समस्या हुन्छ। अमिलो चिज र दूध एकसाथ खानाले शरीरमा रियाक्सन हुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 October 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने