सोमबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढ्यो

सोमबार सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, असोज २२ । आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि आइतबार सुनको भाउ तोलाको १ लाख ७ हजार ६०० रुपैयाँ रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ७ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । यता, चाँदीको भाउ पनि आज प्रतितोला १५ रुपैयाँले बढेर १३ सय ४५ रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको भाउ तोलाको १३ सय ३० रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 October 2023
Website | + posts


ताजा
काठमाडौंमा लगाइएको कर्फ्यु आज बिहान ५ बजेबाट सकियो, अब के हुन्छ ?
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु