अर्थमन्त्री डा. महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान

अर्थमन्त्री डा. महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान : Icon Khabar

काठमाडौं, असोज २२ । अर्थमन्त्री डा. प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन मोरक्कोको माराकेश प्रस्थान गरेका छन् । अक्टोबर ९ देखि १५ सम्म हुने बैंकको बैठकको मूल नारा ‘ग्लाेबल एक्सन, ग्लाेबल इम्प्याक्ट’ भन्ने रहेको छ ।

बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सृजनालगायत विश्वव्यापी चासोका विषयहरूमा छलफल हुने भएकाे छ ।

विश्व बैंकको मूल कार्यक्रमसंगै अन्तर्राष्ट्रिय वित्त निगम (आइ.एफ.सि.) का एसिया प्यासिफिक हेर्ने उपाध्यक्ष रिकार्डो पुलितीसँग अर्थमन्त्री डा. महतले नेपालमा निजी लगानीको सम्भाव्यता विषयमा छलफल गर्ने कार्यक्रम तय भएकाे छ ।

त्यसैगरी यु.एस.ए.आइ.डि.सँग नेपाल र अमेरिकाबीचको विकास साझेदारीका विषयमा छलफल हुने बताइएकाे छ । सहुलियतपूर्ण वित्तीय व्यवस्थामा पहुँच सम्बन्धी जोखिम तत्वको विषयमा छलफल, विल एण्ड मेण्डिला गेट्स फाउण्डेसनसँग सार्वजनिक डिजिटल पूर्वाधारका माध्यमबाट समावेसी एवं चुनौतिसँग जुध्न सक्षम (Resilience) आर्थिक विकासका सम्बन्धमा छलफल, दक्षिण कोरियाका उप प्रधानमन्त्रीसँग साइडलाइन वार्ता गर्ने अर्थमन्त्री डा. महतकाे कार्यसूची रहेकाे छ ।

त्यसैगरी अर्थमन्त्री डा. महतले स्ट्याण्डर्ड एण्ड चार्टर्ड बैंक एवं क्रेडिट रेटिङ सम्बद्ध संस्था फ्लिच रेटिङका प्रतिनिधीसँग नेपालको रेटिङ सम्बन्धमा साइडलाइन वार्ता गर्नेछन्। अन्तर्राष्ट्रिय मूद्रा कोष (आइ.एम.एफ.) का प्रतिनिधीसँग संयुक्त रूपमा क्षेत्रीय आर्थिक परिदृष्य सार्वजनिक हुनुका साथै सो संस्थाको दिगो एवं प्रतिरोधी ट्रष्ट समूहसँग समेत अर्थमन्त्री डा. महतले वार्ता गर्नेछन् ।

त्यसैगरी विश्व बैंकको कोष समूहसँग भावी वित्तीय द्वारहरूका विषयमा वार्ता हुने, अन्तर्राष्ट्रिय विकास संघ (आइ.डि.ए.) का उपाध्यक्षसँग द्विपक्षीय वार्ता हुने र बहुपक्षीय लगानी सुरक्षण एजेन्सी (एम.आइ.जि.ए.)का उपाध्यक्षसँग द्विपक्षीय वार्ताकाे कार्यक्रम तय भएकाे छ ।

उक्त बैठकमा अर्थमन्त्रालयबाट अर्थमन्त्री डा. ‍‍महत, अर्थसचिव डा. कृष्णहरी पुष्कर, अन्तर्राष्ट्रिय विकास सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपाल, उपसचिव डा. नारायण ढकाल र अर्थमन्त्रीका निजी सचिव होम पराजुली सहभागी छन्। बैठकमा विश्वभरका १८९ देशका अर्थ तथा विकास मन्त्रीहरू, केन्द्रीय बैंकरहरू, निजी क्षेत्रका अधिकारीहरू, नागरिक समाज, सञ्चारमाध्यम र प्राज्ञिकहरूको सहभागिता रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 09 October 2023
Website | + posts