सातौ म्याग्दी महोत्सव २०७९ आजबाट बेनीमा सुरु

सातौ म्याग्दी महोत्सव २०७९ आजबाट बेनीमा सुरु : Icon Khabar

बेनी , पुष २८।  सातौ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला-२०७९ आजबाट  बेनीमा सुरु भएको छ। माघे सङ्क्रान्ति पर्वका अवसरमा आयोजित हुदै आएको यस महोत्सव आज देखि माघ ७ गते सम्म सञ्चालन हुनेछ। म्याग्दी उद्योग वाणिज्य संघको मूलआयोजनामा बेनीको खुल्ला मञ्चमा आयोजित महोत्सवको उद्घाटन  राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरेका थिए ।  महोत्सव उद्घाटनका अवसरमा बेनी बजारमा विभिन्न जातजाती, समुदाय र संघ संस्थाले झाँकीसहितको र्‍याली निकालेका थिए।

स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र व्यापारिक ज्ञान सीप, पुँजी र प्रविधि भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकहरु बताउछन।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीयस्थलको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै रोजगारीको सिर्जना गर्दै अर्थोपार्जनमा सघाउन पुर्‍याउने, जस्ता अपेक्षा गरिएको छ।


महोत्सवको अवसरमा पालिकास्तरीय महिला/पुरुष भलिबल, लोकदोहोरी, चेम्बर लोकतारा, पुरुष बाँस्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

महोत्सवमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनीको साथै कलाकारबाट गीत तथा नृत्य प्रस्तुति, बाल उद्यान, मिनी चिडियाघर आकर्षणका रूपमा रहेका छन् भने हेलिकोप्टरबाट धौलागिरि आधार शिविर लगायत पर्यटकीय स्थलको अवलोकन गर्ने ,कालीगण्डकीमा र्‍याफ्टिङ र बेनीदेखि लभ्लिहिलसम्म घोडा सफारी पनि वस्था मिलाइएको छ।

कृषि ज्ञान केन्द्रले कृषि मेला पनि प्रर्दशनीको आयोजना गरेको छ।

Published Date: 12 January 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ