सातौ म्याग्दी महोत्सव २०७९ आजबाट बेनीमा सुरु

सातौ म्याग्दी महोत्सव २०७९ आजबाट बेनीमा सुरु : Icon Khabar

बेनी , पुष २८।  सातौ म्याग्दी महोत्सव तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला-२०७९ आजबाट  बेनीमा सुरु भएको छ। माघे सङ्क्रान्ति पर्वका अवसरमा आयोजित हुदै आएको यस महोत्सव आज देखि माघ ७ गते सम्म सञ्चालन हुनेछ। म्याग्दी उद्योग वाणिज्य संघको मूलआयोजनामा बेनीको खुल्ला मञ्चमा आयोजित महोत्सवको उद्घाटन  राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गरेका थिए ।  महोत्सव उद्घाटनका अवसरमा बेनी बजारमा विभिन्न जातजाती, समुदाय र संघ संस्थाले झाँकीसहितको र्‍याली निकालेका थिए।

स्थानीय उत्पादनको बजार प्रवद्र्धन, कला र संस्कृतिको संरक्षण, पर्यटन, कृषि, जलविद्युत्, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरी लगानी भित्र्याउने र व्यापारिक ज्ञान सीप, पुँजी र प्रविधि भित्र्याउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकहरु बताउछन।
धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं पर्यटकीयस्थलको प्रचारप्रसार गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनमा मद्दत गर्नुका साथै रोजगारीको सिर्जना गर्दै अर्थोपार्जनमा सघाउन पुर्‍याउने, जस्ता अपेक्षा गरिएको छ।


महोत्सवको अवसरमा पालिकास्तरीय महिला/पुरुष भलिबल, लोकदोहोरी, चेम्बर लोकतारा, पुरुष बाँस्केटबल, लठो तान्ने, रत्यौली, छेलो फाल्ने, अन्धनिशान प्रतियोगिता आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताए।

महोत्सवमा स्थानीय उत्पादन र राष्ट्रिय आन्तर्राष्ट्रिय औद्योगिक प्रर्दशनीको साथै कलाकारबाट गीत तथा नृत्य प्रस्तुति, बाल उद्यान, मिनी चिडियाघर आकर्षणका रूपमा रहेका छन् भने हेलिकोप्टरबाट धौलागिरि आधार शिविर लगायत पर्यटकीय स्थलको अवलोकन गर्ने ,कालीगण्डकीमा र्‍याफ्टिङ र बेनीदेखि लभ्लिहिलसम्म घोडा सफारी पनि वस्था मिलाइएको छ।

कृषि ज्ञान केन्द्रले कृषि मेला पनि प्रर्दशनीको आयोजना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 January 2023
Website | + posts
ताजा
भक्तपुरमा आज पंजारा पर्व मनाइदै, सूर्यमढीबाट सुरू भएको पाँच वटा दीपंकर बुद्धको नगर परिक्रमा जारी
अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडकखण्डमा पहिरो, यातायात पूर्णरूपमा अवरुद्ध
बिहिबार सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले बढ्यो
लिपुलेकमा नेपालको दाबी स्वीकार्य हुँदैन : भारत


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू