काठमाडौं, असोज १६ । मंगलबार नेप्से परिसूचक १७.५६ अंकले घटेर १९५८.७२ अंकमा आएको छ ।
करिब १ अर्ब १९ करोड रुपैयाँको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् ।
आज २८१ कम्पनीको ३९ लाख ६५ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५ करोड ५९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सिटिजन लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ ।
यसैगरी, दोस्रो र तेस्रोमा क्रमशः एनआइसी एसिया बैंक र रिलायबल नेपाल लाइफ इन्सुरेन्स परेका छन् ।
Published Date: 03 October 2023-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1
-
Icon Khabarhttps://iconkhabar.com/author/iconkhabar1