खाना खाएको कति समयपछि पानी पिउने ?

खाना खाएको कति समयपछि पानी पिउने ? : Icon Khabar

काठमाडौं, असोज १६ । पानी र जीवनको गहिरो सम्बन्ध भएझैँ पानी र स्वास्थको पनि गहिरो सम्बन्ध छ। पानीको मात्रा, पिउने समय र पिउने तरिकाले स्वास्थ्य लाभ वा हानीको निर्धारण गर्दछ।

हाम्रो शरीरको २/३ भाग पानीले बनेको हुन्छ। पानी बिना शरीर भित्रका कुनै पनि क्रियाहरू सम्भव हुँदैनन्। शरीरका क्रियाहरूमा अवरोध सिर्जना भएमा हाम्रो स्वास्थ्य बिग्रन्छ।

तसर्थ, हाम्रो स्वास्थ्य पानीमा भर पर्दछ। प्रशस्त पानी सही समयमा र सही तरिकाले पिउने गरेमा हामी धेरै रोगबाट बच्न सक्छौँ। हरेक दिन ३ देखि ४ लिटर पानी पिउने गर्नु शरीरको लागि राम्रो हुने चिकित्सकहरु बताउँछन्। तर पानी कति बेला र कति खाने त्यो भने जान्नुपर्छ। चिकित्सकका अनुसार खाना खाने क्रममा पानी पिउनु हुँदैन। यसो गर्नाले एसिडिटी, ब्लोटिङजस्ता समस्या हुन सक्छ। जून मानिसले खाना खाएपछि तत्काल पानी पिउँछ, उसलाई विभिन्न समस्या हुन सक्छ।

खाना खाएको कति समयपछि पानी पिउने

स्वास्थ विशेषज्ञका अनुसार खाना पचाउन करिव २ घण्टाको अवधि लाग्छ। यहीबीच पानी पिउनुको असर पाचन प्रक्रियामा पर्छ। त्यसैले खाना खाएको करीव ४५ देखि ६० मिनेटपछि मात्र पानी पिउनु पर्छ र खाना खानु आधा घण्टा पहिले पानी पिउनु पर्छ।

सही समयमा पानी पिउनुका फाइदा

  • खाना खाएको एक घण्टापछि पानी पिउनाले वजन नियन्त्रण हुन्छ।
  • सही समयमा पानी पिउनाले पाचन राम्रो हुन्छ, पाचन तन्त्र बलियो हुन्छ।
  • पेटमा ग्यास र एसिडिटीको समस्या हुँदैन।
  • शरीरले भोजनमा समावेश पोषक तत्व राम्रोसँग अवशोषित गर्छ।
  • सही समयमा पानी पिउनाले राम्रो निद्रा लाग्न पनि सहयोग पुर्‍याउँछ।
Published Date: 03 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग