सरकारद्वारा राखियो यी २० कम्पनीलाई कालोसूचीमा (सूची सहित)

सरकारद्वारा राखियो यी २० कम्पनीलाई कालोसूचीमा (सूची सहित) : Icon Khabar

काठमाडौँ, असोज १६ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २० कम्पनीलाई कालोसूचीमा राखेको छ।

विभिन्न सार्वजनिक निकायबाट काम सन्तोषजनक नभएको भन्दै कालोसूचीमा राख्न लेखी आएअनुसार तीनदेखि एक वर्षसम्म नयाँ ठेक्का लिन नपाउनेगरी कालोसूचीमा राखिएको कार्यालयले जानकारी दिएको छ।

एम/एस, शकिल हैदरको शंकरमाली निर्माण सेवा–सुनौला खिम्ती कन्स्ट्रक्सन जेभी तीन वर्षका लागि कालोसूचीमा परेको छ। एम/एस चिपेल हैदरावाद, भारतलाई पनि तीन वर्षलाई कालोसूचीमा राखेको छ। यसको मुख्यव्यक्ति शारदा अधिकारी र प्रवेज खान रहेको खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ।

सफबन वाटर सर्भिस, आइएसजी इन्फरर्मेसन सर्भिसेनज ग्रुप । अरभान कन्स्ट्रक्सनलाई पनि तीन–तीन वर्ष कालोसूचीमा राखिएको छ। शिवालय बिल्डर्स, स्काई/वाइवा एण्ड लामा÷जानकी जेभी, नागार्जुन–शंकरमाली जेभीलाई दुई वर्षका लागि कालोसूचीमा राखिएको छ।

Published Date: 03 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु