सुनको भाउ घट्ने क्रम जारि, मंगलबार तोलामै १३०० रुपैयाँले घट्यो

सुनको भाउ घट्ने क्रम जारि, मंगलबार तोलामै १३०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, असोज १६ । सुनको भाउ घट्ने क्रमले आज पनि निरन्तरता पाएको छ । योसँगै पछिल्लो ७ दिनमा मात्रै सुनको भाउ ५ हजार ६०० रुपैयाँले घट्न पुगेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १३०० रुपैयाँले घटेर १ लाख ६ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ६ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।

मंगलबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १३ सय १० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ४० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 03 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग