मेरो सेयर प्रयोगकर्ताको संख्या ५० लाख नाघ्यो, आइपीओ भर्ने लगानीकर्ताको संख्या पनि बढ्दै

मेरो सेयर प्रयोगकर्ताको संख्या ५० लाख नाघ्यो, आइपीओ भर्ने लगानीकर्ताको संख्या पनि बढ्दै : Icon Khabar

काठमाडौं, असोज १६ । मेरो सेयर प्रयोगकर्ताको संख्या ५० लाख नाघेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आज मंगलबार (असोज १६ गते) सम्म ५० लाख ९९६ जना मेरो सेयर प्रयोगकर्ता रहेका छन् । त्यसैगरी, डिम्याट खाताको संख्या भने ५९ लाख ४१ हजार १२८ पुगेको छ ।

पछिल्लो समय आइपीओ भर्ने लगानीकर्ताको संख्या पनि बढ्दै गएको छ । त्यसैले डिम्याट र मेरो सेयर खाता खोल्नेको संख्या पनि बढेको हो । आइपीओमा आवेदन दिन, हकप्रद सेयर भर्न र इडीआइएस गर्न मेरो सेयरबाट सजिलो हुने हुँदा यसको प्रयोगकर्ताहरु बढेका हुन् ।

अनलाइनबाट सबै कारोबार गर्न मिल्ने हुँदा प्राथमिक वा दोस्रो बजारका लगानीकर्तालाई मेरो सेयर अकाउन्ट अनिवार्य जस्तै भएको छ । यता, एक जनाले २ वटासम्म डिम्याट खाता खोल्न गर्न पाउने व्यवस्था रहेको छ ।

त्यसैले कतिपय लगानीकर्ताको २ वटासम्म खाता छ । सीडीएसका अनुसार हाल ९८ संस्थाहरुले डिपी सेवा प्रदान गर्दै आइरहेका छन । अहिलेसम्म ११ अर्ब ३५ करोड १० लाख भन्दा बढी कित्ता सेयर डिम्याट भइसकेको छ ।

७६ वटा कम्पनी क्लियरिङ सदस्य रहेका छन् । सि-आस्वा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाहरु ४३ पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
Published Date: 03 October 2023
Website | + posts




ताजा
बुधबार नेप्से परिसूचकमा गिरावट
राष्ट्रपति कार्यालयबाट दोलखास्थित ऐतिहासिक भीमेश्वर मन्दिरमा क्षमा पूजा
प्रधानमन्त्रीको आह्वानमा आज हुने त्रिपक्षीय छलफलमा जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने
सरकारले सबै सार्वजनिक संस्थानलाई कम्पनीमा परिणत गर्ने


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने