मेरो सेयर प्रयोगकर्ताको संख्या ५० लाख नाघ्यो, आइपीओ भर्ने लगानीकर्ताको संख्या पनि बढ्दै

मेरो सेयर प्रयोगकर्ताको संख्या ५० लाख नाघ्यो, आइपीओ भर्ने लगानीकर्ताको संख्या पनि बढ्दै : Icon Khabar

काठमाडौं, असोज १६ । मेरो सेयर प्रयोगकर्ताको संख्या ५० लाख नाघेको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आज मंगलबार (असोज १६ गते) सम्म ५० लाख ९९६ जना मेरो सेयर प्रयोगकर्ता रहेका छन् । त्यसैगरी, डिम्याट खाताको संख्या भने ५९ लाख ४१ हजार १२८ पुगेको छ ।

पछिल्लो समय आइपीओ भर्ने लगानीकर्ताको संख्या पनि बढ्दै गएको छ । त्यसैले डिम्याट र मेरो सेयर खाता खोल्नेको संख्या पनि बढेको हो । आइपीओमा आवेदन दिन, हकप्रद सेयर भर्न र इडीआइएस गर्न मेरो सेयरबाट सजिलो हुने हुँदा यसको प्रयोगकर्ताहरु बढेका हुन् ।

अनलाइनबाट सबै कारोबार गर्न मिल्ने हुँदा प्राथमिक वा दोस्रो बजारका लगानीकर्तालाई मेरो सेयर अकाउन्ट अनिवार्य जस्तै भएको छ । यता, एक जनाले २ वटासम्म डिम्याट खाता खोल्न गर्न पाउने व्यवस्था रहेको छ ।

त्यसैले कतिपय लगानीकर्ताको २ वटासम्म खाता छ । सीडीएसका अनुसार हाल ९८ संस्थाहरुले डिपी सेवा प्रदान गर्दै आइरहेका छन । अहिलेसम्म ११ अर्ब ३५ करोड १० लाख भन्दा बढी कित्ता सेयर डिम्याट भइसकेको छ ।

७६ वटा कम्पनी क्लियरिङ सदस्य रहेका छन् । सि-आस्वा सेवा उपलब्ध गराउने बैंक तथा वित्तीय संस्थाहरु ४३ पुगेका छन् ।

Published Date: 03 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग