एसियाड कबड्डी – नेपालले कम्तीमा कास्य जित्ने लगभग पक्का

एसियाड कबड्डी – नेपालले कम्तीमा कास्य जित्ने लगभग पक्का : Icon Khabar

काठमाडौँ, असोज १५ । नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा कम्तीमा कास्जिय पदक जित्ने सम्भावना बलियो भएको छ ।

दक्षिण एसियाली दुई राष्ट्रको भिडन्तमा आइतबार बंगलादेशलाई ३७-२४ ले हराउँदै नेपालले कम्तीमा कास्य पदक जित्ने लगभग पक्का गरेको छ । खेलको मध्यान्तरमा नेपाल २१-१६ ले अगाडि रह्यो।

समूहको अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपालको कास्य पदक पक्का हुनेछ । इरान अघिल्लो संस्करणको स्वर्ण पदक विजेता टोली हो ।

सात टोली सहभागी महिला कबड्डीमा इरानसँगै नेपाल र बंगलादेश एकै समूहमा छन् । आइतबारको जितेमा नेपाल सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ।

कबड्डीमा सेमिफाइनलमा प्रवेश गरे पदक पक्का हुने समिकरण छ । अन्तिम चारमा पराजित हुने दुबै टोली स्वत: तेस्रो हुने कारण नेपालले बंगलादेशलाई हराए कम्तिमा कास्य पदक पक्का हुने देखिएको हो ।

सन् २०१९ मा नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले बंगलादेशलाई ३६-२५ ले हराएको थियो । नेपालले उक्त संस्करणमा फाइनलमा भारतसँग पराजित हुँदै रजत पदक जितेको थियो ।

Published Date: 02 October 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु