एसियाड कबड्डी – नेपालले कम्तीमा कास्य जित्ने लगभग पक्का

एसियाड कबड्डी – नेपालले कम्तीमा कास्य जित्ने लगभग पक्का : Icon Khabar

काठमाडौँ, असोज १५ । नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा कम्तीमा कास्जिय पदक जित्ने सम्भावना बलियो भएको छ ।

दक्षिण एसियाली दुई राष्ट्रको भिडन्तमा आइतबार बंगलादेशलाई ३७-२४ ले हराउँदै नेपालले कम्तीमा कास्य पदक जित्ने लगभग पक्का गरेको छ । खेलको मध्यान्तरमा नेपाल २१-१६ ले अगाडि रह्यो।

समूहको अर्को खेलमा इरानले बंगलादेशलाई हराएमा नेपालको कास्य पदक पक्का हुनेछ । इरान अघिल्लो संस्करणको स्वर्ण पदक विजेता टोली हो ।

सात टोली सहभागी महिला कबड्डीमा इरानसँगै नेपाल र बंगलादेश एकै समूहमा छन् । आइतबारको जितेमा नेपाल सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ।

कबड्डीमा सेमिफाइनलमा प्रवेश गरे पदक पक्का हुने समिकरण छ । अन्तिम चारमा पराजित हुने दुबै टोली स्वत: तेस्रो हुने कारण नेपालले बंगलादेशलाई हराए कम्तिमा कास्य पदक पक्का हुने देखिएको हो ।

सन् २०१९ मा नेपालमै सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदमा नेपालले बंगलादेशलाई ३६-२५ ले हराएको थियो । नेपालले उक्त संस्करणमा फाइनलमा भारतसँग पराजित हुँदै रजत पदक जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 October 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने