हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी

हाजिरी जमानीमा छुटे अभिनेता अनमोल केसी : Icon Khabar

काठमाडौँ, असोज १५ । चलचित्र खेल्न १० लाख रुपैयाँ अग्रिम भुक्तानी बुझेर काम नगरेको भन्ने उजुरीका आधारमा पक्राउ परेका अभिनेता अनमोल केसी थुनामुक्त भएका छन् ।

काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका उनलाई गए राति हाजिरी जमानीमा छाडिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । उनले भने, ‘अभिभावकको जिम्मा लगाएर छाडेका छौँ । अनमोलको काका उज्ज्वल केसी आउनु भएको थियो ।’

चलचित्र रावायणका लागि बैना रकम लिएर काम नगरेको भन्दै अनमोल तीन दिन अगाडि पक्राउ परेका थिए । आजै जिल्ला अदालतले उनलाई हिरासतमा तीन दिन राख्न अनुमति दिएको थियो । सो तीन दिन पनि हिजो नै सकिएको छ । बोलाएको बेला उपस्थित हुने कागज गराएर अनमोललाई छाडिएको हो । उनी काभ्रेको साँगाबाट शुक्रबार साँझ पक्राउ परेका थिए ।

पक्राउ लगत्तै उनलाई सिंहदरबार प्रहरी वृत्तमा पुर्‍याइए पनि आफू अस्वस्थ भएको बताएपछि उनी महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना भएका थिए । उनीविरुद्ध निर्माता सुदर्शन थापाले १० लाख लिएर पनि फिल्म नखेलेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

टेकुमा उनले आफूलाई अफगानिस्तान गएर फिल्म सुटिङ गर्ने निर्माता पक्षले बताएको खुलाएका थिए । तर, चलचित्र ‘रावायण’ को स्क्रिप्ट नै मन नपरेपछि खेल्दिनँ भनेको अवस्थामा आफ्नो खातामा आएको पैसा पनि फिर्ता लैजान भन्दा निर्देशक–निर्माता सुदर्शन थापाको ब्यानर सुदर्शन फिल्मस तयार नभएको उनले बताएका थिए ।

अनमोलले आफ्नो खातामा आएको १० लाख फिर्ता दिन खोज्दा निर्माता पक्षले लैजान अस्वीकार गरेको अवस्थामा आफूविरुद्ध उल्टै अन्याय गरिएको बताएका थिए । उनले निर्माता पक्षले प्राविधिकसहितलाई भुक्तानी गरेको एक करोड ५ लाख रुपैयाँ समेत आफूबाट तिराउन खोज्नु अन्याय हुने पनि बताएका थिए ।

Published Date: 02 October 2023


ताजा
बुधबार नेप्से परिसूचक १४.४५ अंकले घट्यो
क्षतिपूर्तिबापत पाँच लाख रुपैयाँ दिएपछि भीरबाट टेम्पो खसालेको घटना साम्य
६२९औँ कबीर साहेब प्रकट दिवसका अवसरमा तीन दिने आध्यात्मिक कार्यक्रम आयोजना हुने
तराईमा निरन्तर तापक्रम वृद्धि, सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी