एसियन गेम्सको आर्चरीमा चारै खेलाडी छनोट चरण पार गर्न सफल

एसियन गेम्सको आर्चरीमा चारै खेलाडी छनोट चरण पार गर्न सफल : Icon Khabar

काठमाडौं, असोज १४ ।  एसियन गेम्समा आर्चरीको पहिलो दिन आइतबार नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरे । चारै खेलाडी पुरुषमा तिलक पुन मगर र योगेन्द्र शेरचन तथा महिलामा इमायुङ राई र मन्जु बजगाईं छनोट चरण पार गर्न सफल भए । चारैले व्यक्तिगत स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

पुरुष व्यक्तिगत रिकर्भको ७० मिटरमा तिलकले ६ सय ३४ स्कोर गरे । सोही स्पर्धाको महिलामा मन्जुंले ५ सय ६ अंक जोडिन् । रिकर्भमा ७ सय पूर्णाङ्कमा प्रतिस्पर्धा भएको थियो ।

फुयाङ यिन्हु स्पोर्ट्स सेन्टरमा भएको व्यक्तिगत कम्पाउन्डको ५० मिटर दूरीको ७ सय पूर्णकङ्कमा पुरुषतर्फ ५२ वर्षीया योगेन्द्रले ६ सय २२ तथा महिलामा इमायुङले ६ सय ४७ को प्रदर्शन गरे । योगेन्द्र नेपालबाट सहभागी भएका सबैभन्दा पाका खेलाडी हुन् ।

Published Date: 01 October 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग