माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित : Icon Khabar

माल्दिभ्स, असोज १४ । माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित भएको छ । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचितभएको हो ।

माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पिपीएम) का उम्मेदवार मोहम्मद मुइज्जुले शनिबार भएको निर्वाचनमा सोलिहलाई पराजित गरेको हो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट जित हासिल नगरेपछि दोस्रो चरणको मतदानमा उनले जित हात परेको हो । उनले ५३ प्रतिशत मत प्राप्त गरेको थियो ।

लोकतन्त्र सुदृढ भइनसकेको हिन्द महासागरको टापु राष्ट्र माल्दिभ्सले चीनसँगको नयाँ र भारतसँगको परम्परागत सम्बन्धलाई अब कसरी अघि बढाउँछ भन्नेमा धेरैको चासो बढेको छ । राजनीतिक विश्लेषकहरूले नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुको कूटनीतिक परीक्षण हुने बताएका छन् ।

नेता मुइज्जु चिनियाँ ऋण स्वागत गर्ने र यसअघि सत्तामा हुँदा असहमतमाथि दमन गर्ने व्यक्तिका रूपमा परिचित छ ।
मुइज्जु हाल राजधानी मालेको नगरप्रमुखमा छन् । उनले बेलायतको युनिभर्सिटी अफ लिड्सबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् । रासस/एएनआई

Published Date: 01 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु