माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित : Icon Khabar

माल्दिभ्स, असोज १४ । माल्दिभ्सको राष्ट्रपतिमा ४५ वर्षीय मोहम्मद मुइज्जु निर्वाचित भएको छ । बहालवाला राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहलाई हराउँदै मुइज्जु निर्वाचितभएको हो ।

माल्दिभ्सको प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पिपीएम) का उम्मेदवार मोहम्मद मुइज्जुले शनिबार भएको निर्वाचनमा सोलिहलाई पराजित गरेको हो । पहिलो चरणमा कुनै पनि उम्मेदवारले स्पष्ट जित हासिल नगरेपछि दोस्रो चरणको मतदानमा उनले जित हात परेको हो । उनले ५३ प्रतिशत मत प्राप्त गरेको थियो ।

लोकतन्त्र सुदृढ भइनसकेको हिन्द महासागरको टापु राष्ट्र माल्दिभ्सले चीनसँगको नयाँ र भारतसँगको परम्परागत सम्बन्धलाई अब कसरी अघि बढाउँछ भन्नेमा धेरैको चासो बढेको छ । राजनीतिक विश्लेषकहरूले नवनिर्वाचित राष्ट्रपति मोहम्मद मुइज्जुको कूटनीतिक परीक्षण हुने बताएका छन् ।

नेता मुइज्जु चिनियाँ ऋण स्वागत गर्ने र यसअघि सत्तामा हुँदा असहमतमाथि दमन गर्ने व्यक्तिका रूपमा परिचित छ ।
मुइज्जु हाल राजधानी मालेको नगरप्रमुखमा छन् । उनले बेलायतको युनिभर्सिटी अफ लिड्सबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् । रासस/एएनआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 October 2023
Website | + posts
ताजा
एनपीएल फाइनल : रोहित, शेर र ट्रम्पलम्यानको ३-३ विकेट, सुदूरपश्चिम ८५ रनमा अलआउट
भक्तपुरको त्रिशुलडाँडाबाट देखिएको मनमोहक हिमशृङ्खला ( फोटो फिचर )
काठमाडौं उपत्यकामा चिसो क्रमिक रूपमा बढ्दै
त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोह आगामी पुस १० गते दशरथ रंगशालामा हुने


ट्रेन्डिङ
सुकुलढोकाको ऐतिहासिक इनारमा कार ठोक्किँदा इनार भत्कियो, मापसे गरेका चालक गम्भीर घाइते
जाकिबंजार परिवार भक्तपुरद्वारा आयोजित ईहिँ जगे कार्यक्रम सम्पन्न
भक्तपुरमा योमारी पुन्हीको अवसरमा योमारी प्रतियोगिता तथा प्रदर्शनी सम्पन्न
भक्तपुरमा मिस्टर एण्ड मिस मोडर्न २०८२ भव्यताका साथ सम्पन्न