भाेलिदेखि एक सातासम्म लगानीकर्ता सप्ताह मनाइने

भाेलिदेखि एक सातासम्म लगानीकर्ता सप्ताह मनाइने : Icon Khabar

काठमाडौं, असोज १४ ।  धितोपत्र बजारमा विश्व लगानीकर्ता सप्ताह २०२३ आयाेजना गरिने भएकाे छ ।  लगानी गर्ने लगानीकर्ताहरुलाई लगानी शिक्षा, सचेतनालगायत बजार विकास तथा सुधारका विविध पक्षका सम्बन्धमा देशव्यापीरुपमा लगानीकर्ताहरुको शिक्षा तथा सचेतना अभिवृद्धि गर्न सो सप्ताह आयाेजना गर्न लागेको हो ।

लगानीकर्ताको सशक्तिकरण गर्ने उद्देश्यले धितोपत्र नियमनकर्ताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओएससीओ) ले सन् २०१७ देखि विश्व लगानीकर्ता सप्ताह मनाउँदै आएको छ र यस अवसरमा आइओएससीओको एसोसियट सदस्य नेपाल धितोपत्र बोर्ड तथा पुँजीबजार सम्बन्ध अन्य पक्षहरुले पनि निरन्तर रुपमा लगानीकर्ता लक्षित विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउँदै आएको छ । विश्वमा यो कार्यक्रम १०० भन्दा बढी देशमा अक्टुवर २ देखि ८ सम्म सप्ताहव्यापी रुपमा मनाईने गरिन्छ ।

सोही क्रममा आइओएससीओले २०२३ मा विश्व लगानीकर्ता सप्ताह अक्टाेबर २ देखि ८ सम्म मनाउन आव्हान गरेकोमा बोर्डले लगानीकर्ताको शिक्षा तथा सचेतना अभिवृद्धि गरी लगानीकर्तालाई सशक्तिकरण गर्ने उद्देश्यले देशव्यापी रुपमा असोज १५ देखि २१ सम्म साताव्यापी विविध कार्यक्रमहरु आयोजना गरी विश्व लगानीकर्ता सप्ताह मनाउने अन्तिम तयारी पूरा गरेको छ । धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हक हित सुरक्षण गर्ने मुख्य उद्देश्य लिएको बोर्डले यस प्रयोजनका लागि धितोपत्र बजार सम्बन्धी सूचना तथा गतिविधिहरु सर्वसाधरणमा प्रबाह गर्दै बजार सम्बन्धी शिक्षा तथा सचेतना अभिवृद्धि गर्नको लागि यो सप्ताह महत्वपूर्ण रहेको छ।

शेयर बजारका विविध विषयहरुमा केन्द्रित रही मनाइने विश्व लगानीकर्ता सप्ताह २०२३ मा बोर्डको अगुवाईमा नेप्से, सिडिएसि, मर्चेन्ट बैंकर एसोसियसन, स्टक ब्रोकर एसोसिएसन, क्रेडिट रेटिङ्ग संस्था, स्टक डिलर तथा पिईभिसी कोष व्यवस्थापक समेतको सहभागितामा साताव्यापी रुपमा मनाईने कार्यक्रमहरुको विस्तृत विवरण बोर्डको वेवसाईटमा रहेको छ ।

यस विश्व लगानीकर्ता सप्ताह सञ्चालनबाट धितोपत्र तथा बस्तु विनिमय बजार सम्बन्धी सूचना, गतिविधि तथा महत्वका बारेमा आम लगानीकर्ताहरुमा व्यापक सञ्चार भई उनीहरुमा यस बजार प्रवेश गर्न उत्साही हुने, वित्तीय साक्षरतामा अभिवृद्धि भई लगानीकर्ताले सुसुचित निर्णय लिन सक्ने र यसबाट पुँजीबजारमा स्थीरता तथा विश्वसनियता अभिवृद्धि हुन सहयोग पुग्ने विश्वास बोर्डले जनाएकाे छ ।

Published Date: 01 October 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु