आज शनिबारको राशिफल

आज शनिबारको राशिफल : Icon Khabar

काठमाडौं, असोज १३ । आज २०८० असोज १३ गते शनिवार, तद्अनुसार ३० सेप्टेम्बर २०२३ । आजको तिथि– आश्विन कृष्णपक्ष प्रतिपदा, नक्षत्र– रेवती, योग– ध्रुव, करण–कौलव, चन्द्रराशि– मीन, सूर्योदय– ५ः५६ सूर्यास्त– १७ः५० ।

आजको राशिफल

मेष: पुराना प्रयासले लाभ दिन थाल्नेछ । साथीहरुलाई सहयोग गर्न सक्नु हुनेछ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

वृष: पारिवारिक चिन्ता बढ्ने छ । शत्रुभयको सम्भावना छ । जीवनसाथीबाट सहयोग प्राप्त हुनेछ ।

मिथुन: प्रतिद्वन्दितामा वृद्धि हुनेछ । जीवनसाथीसंग खटपट हुनसक्छ । भाइहरुको सहयोग प्राप्त हुनेछ ।

कर्कट: पुराना रोग चिन्ताको कारण बन्न सक्छ । वैवाहिक प्रस्ताव आउन सक्छ । धन प्राप्तिमा अवरोध हट्ने छ ।

सिंह: पारिवारिक समस्या बढ्ने छ । व्यस्तता रहने छ । विवादलाई प्राथमिकता नदिनु होला ।

कन्या: सवारी साधन तथा मेशीनको प्रयोगमा सावधानी अपनाउनु होला, थोरै लापरवाहीले पनि हानी हुनसक्छ । बोलीमा नियन्त्रण राख्नु पर्नेछ । अपेक्षित कार्यमा विलम्ब हुनसक्छ ।

तुला: टाढाबाट शुभ समाचार प्राप्त हुनेछ । आत्मविश्वासमा वृद्धि हुनेछ । लगानी शुभ रहने छ ।

वृश्चिक: पूजा–पाठमा मन लाग्ने छ । लगानी शुभ रहने छ । लाभमा वृद्धि हुनेछ । मान–सम्मान मिल्ने छ ।

धनु: नयाँ योजना बन्ने छ, जसको लाभ तुरुन्तै पाइने छैन । सामाजिक कार्यमा रुचि रहने छ । प्रतिष्ठा बढ्ने छ ।

मकर: व्यावसायिक यात्रा सफल रहने छ । लाभको अवसर हात पर्नेछ । व्यापारमा वृद्धि हुनेछ ।

कुम्भ: यात्रामा सावधानी अपनाउनु पर्नेछ । अप्रत्याशित खर्च बढे पनि लाभमा समेत वृद्धि हुनेछ । बोलीमा नियन्त्रण राख्नु होला ।

मीन: अप्रत्याशित लाभ हुनसक्छ । व्यावसायिक यात्रा सफल रहने छ । लगानी शुभ रहने छ ।

Published Date: 30 September 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न