के तपाईको पनि पशुपति सेभिङ्गमा बचत फसेको छ ? बचत माग दाबी गर्नुहोस

के तपाईको पनि पशुपति सेभिङ्गमा बचत फसेको छ ? बचत माग दाबी गर्नुहोस : Icon Khabar

काठमाडौं, असोज १२ । पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभमा फसेको बचत रकम फिर्ता गराउन सरकारले पहल सुरु गरेको छ ।

सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै पशुपति सहकारीमा फसेको बचत रकम ३५ दिनभित्र माग दाबी गर्न अनुरोध गरेको छ । उक्त संस्थामा राखेको बचत/निक्षेप फिर्ता पाउनको लागि बचतकर्ताले अनलाईनमार्फत माग दाबी आवेदन दिनुपर्ने हुन्छ ।

समितिको वेबसाइट www.coopme.gov.np मा गई माग दाबी आवेदन दिनुपर्ने कार्यालयले जनाएको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० साउन १ गते पशुपतिलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 September 2023
Website | + posts




ताजा
तीन महिनामा थपियो ५० अर्ब ६० करोड रुपैयाँ बराबर सरकारी ऋण
कर्णालीका हिमाली जिल्लाहरूमा अत्यधिक हिमपात
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने