के तपाईको पनि पशुपति सेभिङ्गमा बचत फसेको छ ? बचत माग दाबी गर्नुहोस

के तपाईको पनि पशुपति सेभिङ्गमा बचत फसेको छ ? बचत माग दाबी गर्नुहोस : Icon Khabar

काठमाडौं, असोज १२ । पशुपति सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभमा फसेको बचत रकम फिर्ता गराउन सरकारले पहल सुरु गरेको छ ।

सहकारी व्यवस्थापन समितिको कार्यालयले सूचना जारी गर्दै पशुपति सहकारीमा फसेको बचत रकम ३५ दिनभित्र माग दाबी गर्न अनुरोध गरेको छ । उक्त संस्थामा राखेको बचत/निक्षेप फिर्ता पाउनको लागि बचतकर्ताले अनलाईनमार्फत माग दाबी आवेदन दिनुपर्ने हुन्छ ।

समितिको वेबसाइट www.coopme.gov.np मा गई माग दाबी आवेदन दिनुपर्ने कार्यालयले जनाएको छ । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८० साउन १ गते पशुपतिलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

Published Date: 29 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग