इन्डो–प्यासिफिक क्षेत्रमा ‘शान्ति र स्थायित्व’ का लागि आपसी सहकार्य गर्ने सहमति

इन्डो–प्यासिफिक क्षेत्रमा ‘शान्ति र स्थायित्व’ का लागि आपसी सहकार्य गर्ने सहमति : Icon Khabar

नयाँदिल्ली, असोज १२ । इन्डो–प्यासिफिक क्षेत्रमा ‘शान्ति र स्थायित्व’ का लागि आपसी सहकार्यलाई बढाउने विषयमा केन्द्रित रहँदै सेना प्रमुखहरूको सम्मेलन सकिएको छ ।

भारत र अमेरिकी सेनाको संयुक्त सहकार्यमा नयाँदिल्लीमा हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको सम्मेलन आयोजना गरिएको थियो ।

कार्यक्रममा ३० देशका प्रतिनिधि सहभागी थिए । त्यसमध्ये १८ देशबाट सेना प्रमुख स्वयं र अन्यबाट सैन्य प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाएका थिए । नेपालबाट प्रधानसेनापति प्रभुराम शर्मा सम्मेलनमा सहभागी थिए ।

सम्मेलनमा हिन्द–प्रशान्त क्षेत्रमा दिगो शान्ति र स्थिरता तथा सुरक्षाका लागि साझेदारी विषयमा छलफल भएको थियो । त्यसबाहेक आपसी सहयोग र अन्तरसञ्चालन क्षमता वृद्धि तथा मानवीय सहायता र संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिका विषयमा पनि सम्मेलन केन्द्रित थियो ।

विपद्मा मानवीय सहायता र राहत, उद्धारका लागि संयन्त्रको विकास विषयमा पनि सम्मेलनमा छलफल भएको जनाइएको छ ।

Published Date: 29 September 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु