इन्डो–प्यासिफिक क्षेत्रमा ‘शान्ति र स्थायित्व’ का लागि आपसी सहकार्य गर्ने सहमति

इन्डो–प्यासिफिक क्षेत्रमा ‘शान्ति र स्थायित्व’ का लागि आपसी सहकार्य गर्ने सहमति : Icon Khabar

नयाँदिल्ली, असोज १२ । इन्डो–प्यासिफिक क्षेत्रमा ‘शान्ति र स्थायित्व’ का लागि आपसी सहकार्यलाई बढाउने विषयमा केन्द्रित रहँदै सेना प्रमुखहरूको सम्मेलन सकिएको छ ।

भारत र अमेरिकी सेनाको संयुक्त सहकार्यमा नयाँदिल्लीमा हिन्द–प्रशान्त क्षेत्रका सेना प्रमुखहरूको सम्मेलन आयोजना गरिएको थियो ।

कार्यक्रममा ३० देशका प्रतिनिधि सहभागी थिए । त्यसमध्ये १८ देशबाट सेना प्रमुख स्वयं र अन्यबाट सैन्य प्रतिनिधिले सम्मेलनमा सहभागिता जनाएका थिए । नेपालबाट प्रधानसेनापति प्रभुराम शर्मा सम्मेलनमा सहभागी थिए ।

सम्मेलनमा हिन्द–प्रशान्त क्षेत्रमा दिगो शान्ति र स्थिरता तथा सुरक्षाका लागि साझेदारी विषयमा छलफल भएको थियो । त्यसबाहेक आपसी सहयोग र अन्तरसञ्चालन क्षमता वृद्धि तथा मानवीय सहायता र संकट न्यूनीकरणमा सैन्य कूटनीतिको भूमिका विषयमा पनि सम्मेलन केन्द्रित थियो ।

विपद्मा मानवीय सहायता र राहत, उद्धारका लागि संयन्त्रको विकास विषयमा पनि सम्मेलनमा छलफल भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 September 2023
Website | + posts




ताजा
काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो
आजदेखि सिनेमा हलमा ‘परान’
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने