शुक्रबार सुनको भाउ ८०० रुपैयाँले घट्यो, प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ कायम

शुक्रबार सुनको भाउ ८०० रुपैयाँले घट्यो, प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, असोज १२ । सुनको भाउ शुक्रबार रू ८०० ले घटेको छ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले घटेर १ लाख ८ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यसअघि मंगलबार, बुधबार र बिहीबर सुनको भाउ क्रमशः प्रतितोला ४००, ८०० र १४ सय रुपैयाँले घटेको थियो ।

यसअघि, बिहीबार छापावाल सुन १ लाख ९ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ९ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।

शुक्रबार चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले बढेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १३ सय ७० रुपैयाँ कायम रहेको थियो ।

Published Date: 29 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग