मंगोलियाविरुद्ध कुशलले बनाए विश्व कीर्तिमानी शतक

मंगोलियाविरुद्ध कुशलले बनाए विश्व कीर्तिमानी शतक : Icon Khabar

काठमाडौँ, असोज १० । नेपालका बायाँ हाते युवा ब्याटर कुशल मल्ल टि२० आई इतिहासमा सर्वाधिक छिटो शतक प्रहार गर्ने ब्याटर बनेका छन् । १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध कुशलले ३४ बलमा शतक प्रहार गर्दै उक्त दुर्लभ विश्व कीर्तिमान बनाएका हुन् । कुशल ३५ बलमा ६ चौका र १० छक्कासहित १ सय ७ रनमा क्रिजमा छन् ।

यसअघि टि२० आईमा सर्वाधिक छिटो शतक ३५ बलमा थियो । भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिकनका सुदेश विक्रमशेखरले समान ३५ बलमा शतक हानेका थिए । नेपालबाट भने २०१९ मा पारस खड्काले सिंगापुरविरुद्ध ४९ बलमा अर्धशतक पूरा गरेका थिए ।

टि२० कुनैपनि खेलमा सर्वाधिक छिटो शतक क्रिस गेलको नाममा छ । गेलले २०१३ को आइपिएलमा बेंगलोरबाट पुणे वारियर्सविरुद्ध ३० बलमै शतक हानेका थिए ।

२०१८ मा भारतीय ब्याटर ऋषभ पन्तले दिल्लीबाट हिमाचल प्रदेशविरुद्ध ३२ बलमा शतक हानेका थिए । ओडिआईमा भने दक्षिण अफ्रिकाका एवि डिभिलियर्सको नाममा ३१ बलमा शतकको कीर्तिमान छ ।

चीनको हांग्जाउमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले १४.४ ओभरमा २ विकेट गुमाउँदै २ सय ५ रन बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 27 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने