काठमाडौँको वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएपछि सुरु भयो इन्द्रजात्रा

काठमाडौँको वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएपछि सुरु भयो इन्द्रजात्रा : Icon Khabar

काठमाडौं, असोज ९ । काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ । यससँगै काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व विधिवत रुपमा सुरु भएको छ ।

भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिन बसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

यही असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको छ । यस दिन काठमाडौं उपत्यकामा सरकारले सार्वजनिक बिदा दिने गरेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुरुप केन्द्रीय मानन्धर संघको टोलीले भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जंगलबाट काटेर ल्याएको लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ ।

इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि शुरु हुने जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

Published Date: 26 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी