एमाले बागमती प्रदेश अधिवेशन : आज बन्द सत्र

एमाले बागमती प्रदेश अधिवेशन : आज बन्द सत्र : Icon Khabar

काठमाडौँ, असोज ९ । नेकपा (एमाले) वागमती प्रदेश अधिवेशनको बन्द सत्र आज हुँदैछ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको बन्द सत्र मंगलबार बिहान ८ बजेबाट सुरु हुने बताइएको छ ।

प्रज्ञा भवन कमलादीमा हुने बन्द सत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चुनिने एमाले वागमतीले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बागमती प्रदेश अधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै नेताहरूलाई सकेसम्म चुनाव नलड्न दबाब दिए ।

उनले नेतृत्वका आकांक्षीहरूलाई प्यानल बनाएर चुनाव लडे उम्मेदवारी खारेज गर्नेसम्मको चेतावनी दिए । त्यसअघि उनले मिलेर पार्टी बनाउँदा राम्रो हुने बताए । लोकतन्त्रमा मिलेर पार्टी बलियो बनाउदा नबिग्रने भन्दै उनले फकाउने प्रयास गरेका थिए ।
Published Date: 26 September 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु