एमाले बागमती प्रदेश अधिवेशन : आज बन्द सत्र

एमाले बागमती प्रदेश अधिवेशन : आज बन्द सत्र : Icon Khabar

काठमाडौँ, असोज ९ । नेकपा (एमाले) वागमती प्रदेश अधिवेशनको बन्द सत्र आज हुँदैछ । सोमबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गरेका थिए । अधिवेशनको बन्द सत्र मंगलबार बिहान ८ बजेबाट सुरु हुने बताइएको छ ।

प्रज्ञा भवन कमलादीमा हुने बन्द सत्रमा मौजुदा कमिटीका तर्फबाट राजनीतिक, सांगठनिक प्रतिवेदन पारित गरिएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय समिति चुनिने एमाले वागमतीले जनाएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको बागमती प्रदेश अधिवेशनको सोमबार काठमाडौंमा उद्घाटन गर्दै नेताहरूलाई सकेसम्म चुनाव नलड्न दबाब दिए ।

उनले नेतृत्वका आकांक्षीहरूलाई प्यानल बनाएर चुनाव लडे उम्मेदवारी खारेज गर्नेसम्मको चेतावनी दिए । त्यसअघि उनले मिलेर पार्टी बनाउँदा राम्रो हुने बताए । लोकतन्त्रमा मिलेर पार्टी बलियो बनाउदा नबिग्रने भन्दै उनले फकाउने प्रयास गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 26 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने