१७ औं क्विक्स ग्रिनल्याण्ड बास्केटबल प्रतियोगितामा आयोजक ग्रिनल्याण्ड र भ्याली पब्लिक सेमिफाईनलमा

१७ औं क्विक्स ग्रिनल्याण्ड बास्केटबल प्रतियोगितामा आयोजक ग्रिनल्याण्ड र भ्याली पब्लिक सेमिफाईनलमा : Icon Khabar

काठमाडौं, असोज ६ । आयोजक ग्रिनल्याण्ड र भ्याली पब्लिक स्कुल १७ औं क्विक्स ग्रिनल्याण्ड बास्केटबल प्रतियोगिताको सिनियर ब्वाईज तर्फ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

आज भएको क्वाटरफाईलनमा आयोजक ग्रिन्ल्याण्डले प्रिथिवीलाई ५९ – ४९ अंकले पराजित गदै सेमिफाईनल यात्रा तय गरेको हो । ग्रिनल्याण्डको जितमा महेन्द्र के.सी.को २० अंकको योगदान रह्यो । अर्को खेलमा भ्याली पब्लिकले सुनिल पौडेलको १९ अंक मद्धतले पञ्चायनलाई ६५–५५ अंकले पराजित गर्दै सेमिफाईलन प्रवेश गरको संयोजक पुर्ण न्यौपानेले बताए ।

आयोजकको आफ्नै कोर्टमा भएको प्रतियोगिताको सिनियर गल्र्स तर्फ प्रिथिवीले त्रिकोणलाई २७–१७ ले पराजित गरे । प्रिथिवीको जितमा बविता घिमिरेको १० अंकको योगदान रह्यो । केभिकेएसएसले सुष्मा आलेको ९ अंक मद्धतले आयोजक ग्रिनल्याण्डलाई २९–१९ ले हरायो । यसैगरि गोल्डेन पिकले सुविन तामाङ्गको १९ अंकको योगदानमा टिआईएलाई ६२–५४ अंकले पराजित गरे । भ्याली पब्लिकले काठमाडौं ग्लोबललाई ४४–३४ अंकले हराउँदा लोरिशा गौचनको १४ अंकको योगदान रह्यो । यस्तै नेघा शाहको ८ अंक मद्धतमा सत्य साई स्कुलले रिब्स ए लाई २२–१४ अंकले हराउन सफल भयो ।

Published Date: 23 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु