भिभोको नयाँ स्मार्टफोन वाई १७ एस सार्वजनिक, मूल्य १६ हजार ९९९ रुपैयाँ कायम

भिभोको नयाँ स्मार्टफोन वाई १७ एस सार्वजनिक, मूल्य १६ हजार ९९९ रुपैयाँ कायम : Icon Khabar

काठमाडौं, असोज ६ । भिभोले वाई सिरिजमा आफ्नो नयाँ स्मार्टफोन भिभो वाई १७ एस सार्वजनिक गरेको छ । कम्पनीले नवीन तथा आकर्षक विशेषता भएको वाई १७ एस शुलभ मूल्यमा सार्वजनिक गरेको जनाएको हो ।

यो स्मार्टफोनले प्रयोगकर्ताहरुलाई आकर्षित गर्दै बजारमा हलचल ल्याउने भिभोको दाबी छ । भिभो वाई १७ एसमा मुलभुत रुपमा एलिगेन्ट डिजाइनलाई प्राथमिकतामा राखिएको छ । स्टाइल र कार्यक्षमता दुवैलाई सहज रूपमा एकीकृत गर्दै यो स्मार्टफोनमा एक ट्रेन्डी डुअल क्यामेरा डिजाइन रहेको छ ।

यसमा भएको २.५ डी सामग्रीले आरामदायी ग्रिप सुनिश्चित गर्नुका साथै सोफेस्टिकेशनको स्पर्श थप्दै, प्रतिस्पर्धाबाट अलग बनाउँछ । भिभो वाई १७ एस दुई रंगमा उपलब्ध छ । कम्पनीका अनुसार ग्लिटर पर्पल र फरेस्ट ग्रीनमा यो फोन उपलब्ध छ ।

भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भने, ‘भिभो वाई १७ एसले स्मार्टफोनले नवप्रवर्तनको सीमालाई अघि बढाउनेछ । यसको डिजाइन, उत्कृष्ट क्यामेरा क्षमताहरू र अद्भूत विशेषताहरुले गर्दा स्मार्टफोन अनुभवलाई पुनः परिभाषित गर्छ ।’

भिभो वाई १७ एसको क्यामेराको क्षमता उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । फोनमा ५० एमपी पोट्र्रेट क्यामेरा, २ एमपी बोकेह क्यामेरा, र ८ एमपी फ्रन्ट क्यामेरा छ । यस्तै, वाई १७ एसमा ५००० एमएएचको विशाल ब्याट्री छ । फोनको मूल्य १६ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

Published Date: 23 September 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु