एसियन गेम्समा सहभागी म्याराथन धावकद्वयलाई लि–निङ्गको प्रायोजन

एसियन गेम्समा सहभागी म्याराथन धावकद्वयलाई लि–निङ्गको प्रायोजन : Icon Khabar

काठमाडौं, असोज ५ । लि–निङ्ग नेपालले एसियन गेम्समा सहभागी म्याराथन धावकद्वय राजन खत्री र पुष्पा भण्डारीलाई प्रायोजन गरेको छ ।

लि–निङ्ग नेपालले एसियन गेम्सको एथलेटिक्स विधामा म्याराथन स्पर्धामा दौडने नेपालका दुई धावकलाई प्रयोजन गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् राखेपमा बिहीबार कार्यक्रमको आयोजना गरेर लि–निङ्गले प्रायोजनको रुपमा रहेको किट्स खेलाडीलाई उपलब्ध गराएको हो ।

राखेपका निमित्त सदस्य सचिव प्रकास कुमार कुसारी, लि–निङ्ग नेपालको आधिकारिक बिक्रेता चाइना ट्रेड लिंक प्रालीका प्रबन्ध निर्देशक राजन महर्जन, निर्देशक रमिन महर्जन र नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले खेलाडीलाई किट्स हस्तान्तरण गरेका थिए ।

सम्झौता अनुसार लि–निङ्गले खेलाडीलाई म्याराथनका लागि बनेको अन्तराष्ट्रिय गुणस्तरको जुत्ता र आवश्यक जर्सी उपलब्ध गराउनेछ । एसियाडमा म्याराथन दौडने खेलाडीद्वयले लि–निङ्गको किट्स प्रयोग गर्नेछन् ।

नेपालबाट एथलेटिक्समा ८ खेलाडीले विभिन्न स्पर्धामा सहभागीता जनाउँदैछन् । जसमा म्याराथन विधामा पुरुषमा राजन र महिलामा पुष्पाले प्रतिस्पर्धा गर्दैछन् ।

राखेपका निमित्त सदस्य सचिव प्रकास कुमार कुसारीले नीजि क्षेत्रको सहयोगबाट मात्र खेलाडी र खेलकुदको विकासमा टेवा पुग्ने भन्दै प्रायोजनका लागि लि–निङ्ग नेपाललाई धन्यबाद दिएका थिए । उनले नीजि क्षेत्रको लगानी खेलकुदमा गराउन परिषद्ले गृहकार्य गरिरहेको जानकारी गराएका थिए ।

लि–निङ्ग नेपालका प्रमुख राजन महर्जनले लामो दुरीको दौडमा नेपालको गौरवमय इतिहास रहेको बताउँदै नेपाली खेलाडीले एसियाडमा राम्रो चुनौती दिन सक्ने बताए । उनले आगामी दिनमा समेत एथलेटिक्स सहित खेलकुदका अन्य विधामा आफ्नो संस्थाको निरन्तर सहयोग रहने उल्लेख गरे ।

संघका सचिव आरके विष्टले खेलाडीलाई प्रायोजन गरि सहयोग गरेकोमा लि–निङ्गलाई धन्यबाद दिए । उनले आगामी दिनमा समेत एथलेटिक्समा नीजि क्षेत्रको सहयोग निरन्तर रहनेमा आफु विश्वस्त रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 22 September 2023
Website | + posts




ताजा
देशका सबै संघीय अस्पतालमा भुक्तानी अनलाइन तथा क्युआर मार्फत गर्न निर्देशन
बाराहीस्थानबाट वंशगोपालसम्म र रामन्दिरदेखि तालाक्व हुँदै बोलाछेँ सम्मको सडक ‘वान वे’ गर्ने तयारी
सूचना तथा प्रसारण विभागद्वारा अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित
मनसूनमा यी पाँच फलफूलको सेवनले स्वास्थ्यमा समस्या निम्त्यान सक्छ




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण