एसियन गेम्समा सहभागी म्याराथन धावकद्वयलाई लि–निङ्गको प्रायोजन

एसियन गेम्समा सहभागी म्याराथन धावकद्वयलाई लि–निङ्गको प्रायोजन : Icon Khabar

काठमाडौं, असोज ५ । लि–निङ्ग नेपालले एसियन गेम्समा सहभागी म्याराथन धावकद्वय राजन खत्री र पुष्पा भण्डारीलाई प्रायोजन गरेको छ ।

लि–निङ्ग नेपालले एसियन गेम्सको एथलेटिक्स विधामा म्याराथन स्पर्धामा दौडने नेपालका दुई धावकलाई प्रयोजन गरेको हो ।

राष्ट्रिय खेलकुद परिषद् राखेपमा बिहीबार कार्यक्रमको आयोजना गरेर लि–निङ्गले प्रायोजनको रुपमा रहेको किट्स खेलाडीलाई उपलब्ध गराएको हो ।

राखेपका निमित्त सदस्य सचिव प्रकास कुमार कुसारी, लि–निङ्ग नेपालको आधिकारिक बिक्रेता चाइना ट्रेड लिंक प्रालीका प्रबन्ध निर्देशक राजन महर्जन, निर्देशक रमिन महर्जन र नेपाल एथलेटिक्स संघका सचिव आरके विष्टले खेलाडीलाई किट्स हस्तान्तरण गरेका थिए ।

सम्झौता अनुसार लि–निङ्गले खेलाडीलाई म्याराथनका लागि बनेको अन्तराष्ट्रिय गुणस्तरको जुत्ता र आवश्यक जर्सी उपलब्ध गराउनेछ । एसियाडमा म्याराथन दौडने खेलाडीद्वयले लि–निङ्गको किट्स प्रयोग गर्नेछन् ।

नेपालबाट एथलेटिक्समा ८ खेलाडीले विभिन्न स्पर्धामा सहभागीता जनाउँदैछन् । जसमा म्याराथन विधामा पुरुषमा राजन र महिलामा पुष्पाले प्रतिस्पर्धा गर्दैछन् ।

राखेपका निमित्त सदस्य सचिव प्रकास कुमार कुसारीले नीजि क्षेत्रको सहयोगबाट मात्र खेलाडी र खेलकुदको विकासमा टेवा पुग्ने भन्दै प्रायोजनका लागि लि–निङ्ग नेपाललाई धन्यबाद दिएका थिए । उनले नीजि क्षेत्रको लगानी खेलकुदमा गराउन परिषद्ले गृहकार्य गरिरहेको जानकारी गराएका थिए ।

लि–निङ्ग नेपालका प्रमुख राजन महर्जनले लामो दुरीको दौडमा नेपालको गौरवमय इतिहास रहेको बताउँदै नेपाली खेलाडीले एसियाडमा राम्रो चुनौती दिन सक्ने बताए । उनले आगामी दिनमा समेत एथलेटिक्स सहित खेलकुदका अन्य विधामा आफ्नो संस्थाको निरन्तर सहयोग रहने उल्लेख गरे ।

संघका सचिव आरके विष्टले खेलाडीलाई प्रायोजन गरि सहयोग गरेकोमा लि–निङ्गलाई धन्यबाद दिए । उनले आगामी दिनमा समेत एथलेटिक्समा नीजि क्षेत्रको सहयोग निरन्तर रहनेमा आफु विश्वस्त रहेको बताए ।

Published Date: 22 September 2023


ताजा
‘गौंथली’को बक्स अफिसमा आक्रामक कमाइ, आइतबार दिउँसोसम्म १९ करोड ४५ लाख रुपैयाँ ग्रस कमाइ
भाटभटेनीले स्टोर्सहरु अब २४ सै घण्टा सञ्चालन हुने, सुरुवात भक्तपुरबाट हुने
सुनको मूल्यमा नयाँ उछाल, प्रतितोला ४ हजार ८०० रुपैयाँले बढ्यो
आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु