सुनको भाउ लगातार दोश्रो दिन घट्याे, चाँदी भने बढ्याे

सुनको भाउ लगातार दोश्रो दिन घट्याे, चाँदी भने बढ्याे : Icon Khabar

काठमाडौं, असोज ४ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ लगातार दोश्रो दिन घटेको छ । बिहीबर सुन तोलामा ३०० रुपैयाँले सस्तिएको हो ।

बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले गिरावट भएको थियो । हिजो सुन प्रतितोला एक लाख १२ हजार ८०० रुपैयाँमा झरेको थियो ।

बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य गिरावट भएको थियो । बुधबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 21 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग