सुनको भाउ लगातार दोश्रो दिन घट्याे, चाँदी भने बढ्याे

सुनको भाउ लगातार दोश्रो दिन घट्याे, चाँदी भने बढ्याे : Icon Khabar

काठमाडौं, असोज ४ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ लगातार दोश्रो दिन घटेको छ । बिहीबर सुन तोलामा ३०० रुपैयाँले सस्तिएको हो ।

बुधबार सुनको भाउ तोलामा २०० रुपैयाँले गिरावट भएको थियो । हिजो सुन प्रतितोला एक लाख १२ हजार ८०० रुपैयाँमा झरेको थियो ।

बिहीबार चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ४१० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन भने चाँदीको मूल्य गिरावट भएको थियो । बुधबार चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला एक हजार ४०५ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 September 2023
Website | + posts




ताजा
अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको लागि शुल्क लाग्ने
राष्ट्रपति कार्यालयमा तोडफोड तथा लुटपाट गरेको आरोपमा तीन जना पक्राउ
काठमाडौँमा अतिक्रमित सार्वजनिक जग्गा र मापदण्ड विपरीतका संरचना हटाउन निर्देशन
शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढ्यो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने