भोलिदेखि सूर्यविनायकदेखि काठमाडौंको लैनचौरसम्म सार्वजनिक सवारी रातो लेनमा गुड्नुपर्ने

भोलिदेखि सूर्यविनायकदेखि काठमाडौंको लैनचौरसम्म सार्वजनिक सवारी रातो लेनमा गुड्नुपर्ने : Icon Khabar

काठमाडौँ, असोज २ । काठमाडौं उपत्यकामा अब सार्वजनिक सवारीका लागि छुट्टै लेन हुने भएको छ।

हाललाई भक्तपुरको सूर्यविनायकदेखि काठमाडौंको लैनचौरसम्म सार्वजनिक सवारी साधनको लागि सडक विभागले रातो रङ पोतेर लेन छुट्ट्याउन थालेको हो।

यही असोज ३ गतेदेखि यो नियम लागु गर्ने गरी सडक विभागले काठमाडौंको सडकमा रङ लगाइरहेको छ।

बिहान ९ बजेदेखि ११ बजेसम्म अब सार्वजनिक सवारीले एकतर्फी सडकमा पनि दुबै तर्फबाट गुड्न पाउने भएको छ। उक्त लेन र नियम प्राइभेट नम्बर प्लेटका सवारी साधनलाई लागु नहुने बताइएको छ।

सडक विभागका तर्फबाट केएएम कन्स्ट्रक्सनले दुई दिनभित्र भक्तपुरदेखि लैनचौरसम्म रंग पोतेर सक्ने गरी पाँच वटा मेसिनले धमाधम रङ लगाउने काम गरिरहेको छ।

अब उक्त सार्वजनिक सवारीको निम्ति छुट्टयाएको लेनमा निजी गाडीहरू गुड्न पाउने छैन भने कार्यालय समयमा उक्त लेनमा निजी गाडी गुडाउनेलाई ट्राफिक प्रहरीले कारबाही गर्ने केएमसी कन्ट्रक्सनका साइड म्यानेजर जितु सुवेदीले बताए।

Published Date: 19 September 2023
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय