मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो

मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौँ, असोज २ । पछिल्लो समय निरन्तररुपमा सुनको मूल्य बढेको छ । पछिल्ला चार कारोबार दिनसम्म सूनचाँदीको मूल्य निरन्तर रुपमा बढेको हो ।

आज मंगलबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेका छ । मंगलबार छापावाला सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाला सुनको मूल्य एक लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १२ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

यस्तै मंगलबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । एक हजार ४१० सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भएको थियो ।

Published Date: 19 September 2023
ताजा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरले गर्ने ‘भक्तपुर कोरा’ किन बन्यो देशकै विशेष साइकल उत्सव ?
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता
विपना थापा फेरि आमाको भूमिकामा, नाजिर हुसेनको आमा बन्दै


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय