सन्दीपविरुद्ध बलात्कार मुद्दाको पेसी आज

सन्दीपविरुद्ध बलात्कार मुद्दाको पेसी आज : Icon Khabar

काठमाडौं, असोज १ । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा विचाराधीन मुद्दाको फैसलाका लागि आज (सोमबार) का लागि पेसी तोकिएको छ ।

एक नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दाको अन्तिम सुनुवाइका लागि पटक–पटक पेसी तोकिए पनि टुंगो लाग्न सकेको छैन । यसअघि गत भदौ २१ गते न्यायाधीश शकुन्तला कार्कीको इजलासले पीडित किशोरी र उनको परिवारको बसाइँसराइ अभिलेख झिकाउन आदेश दिएको थियो । सो आदेशअनुसार सम्बन्धित स्थानीय तहले बसाइँसराइ सम्बन्धी विवरण गत साता जिल्ला अदालतमा पेस गरेकाले आजका लागि पेसी तोकिएको हो । अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले सफाइ पाउने वा जेल जानुपर्ने फैसला हुनेछ ।

सन्दीपले एक १७ वर्षीया किशोरीलाई जब्बरजस्ती बलात्कार गरेको अभियोग छ । ती किशोरीले गौशालाको एक होटलमा लगेर आफूलाई सन्दीपले पटक–पटक बलात्कार गरेको आरोपसहित २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।

उक्त मुद्दामा यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी रिहा भए । त्ययसपछि सर्वोच्च अदालतले उनलाई विदेश जान लगाइएको प्रतिबन्ध पनि हटाउन आदेश दिएको थियो ।

Published Date: 18 September 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर