प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच भेटवार्ता, शान्ति प्रक्रियाबारे छलफल

प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच भेटवार्ता, शान्ति प्रक्रियाबारे छलफल : Icon Khabar

काठमाडौं, असोज १ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आइतबार अमेरिका आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । दुई जनाबीच न्यूयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा भेट भएको हो ।

प्रधानमन्त्री प्रचण्डले गुटेरससँग भेट भएकोमा खुशी व्यक्त गरेका छन् । उनले गुटेरेससँग नेपालको शान्ति प्रक्रिया, शान्ति सेना, जलवायु परिवर्तन, दीगो विकासका लक्ष्यहरूलगायतका विषयमा छलफल भएको जानकारी दिएका छन् । नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ गर्न दुई जना सहमत भएको पनि प्रधानमन्त्री दाहालको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 18 September 2023
Website | + posts






ताजा
नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको छ: उपप्रधानमन्त्री पौडेल
मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घट्यो
म्याग्दी केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प
भारतीय म्युजिक कम्पनी टी-सिरिज बन्यो ३० करोड सब्सक्राइबर पुर्‍याउने दोस्रो च्यानल




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण