प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच भेटवार्ता, शान्ति प्रक्रियाबारे छलफल

प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच भेटवार्ता, शान्ति प्रक्रियाबारे छलफल : Icon Khabar

काठमाडौं, असोज १ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आइतबार अमेरिका आइपुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । दुई जनाबीच न्यूयोर्कस्थित राष्ट्रसंघको कार्यालयमा भेट भएको हो ।

प्रधानमन्त्री प्रचण्डले गुटेरससँग भेट भएकोमा खुशी व्यक्त गरेका छन् । उनले गुटेरेससँग नेपालको शान्ति प्रक्रिया, शान्ति सेना, जलवायु परिवर्तन, दीगो विकासका लक्ष्यहरूलगायतका विषयमा छलफल भएको जानकारी दिएका छन् । नेपाल र संयुक्त राष्ट्रसंघबीचको सहकार्यलाई थप सुदृढ गर्न दुई जना सहमत भएको पनि प्रधानमन्त्री दाहालको भनाई रहेको छ ।

Published Date: 18 September 2023


ताजा
आजको मौसम: देशैभर वर्षाको सम्भावना, यी प्रदेशमा भारी वर्षा र हावाहुरीको जोखिम
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयद
आज बुधबारको राशिफल
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर