सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति : Icon Khabar

काठमाडौं, भदौ ३१ । आन्दोलनरत चिकित्सक र सरकारी वार्ता टोलीबीच ६ बुँदे सहमति भएको छ । स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेदेखि चलेको बैठक सहमति पत्रमा हस्ताक्षर गर्दै टुंगिएको हो ।

हेटौंडाको सन्चो अस्पतालमा चिकित्सकमाथि कुटपिट गर्नेलाई स्वास्थ्यकर्मी सुरक्षा ऐन अनुसार कारबाही प्रक्रिया अगाडि बढाउने विषयमा सरकारी वार्ता टोली र आन्दोलनरत चिकित्सकबीच बुँदागत सहमति भएको हो।

भदौ २७ गते हेटौंडाको सन्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि अस्पतालमा बिरामीको उपचारमा खटिएकै समयमा कुटपिट भएको थियो।

चिकित्सकमाथि कुटपिटको विरोधमा देशभरका चिकित्सकले आइतबार आकस्मिकबाहेकका सेवा ठप्प पारेपछि सरकारले सरकारले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको थियो।

Published Date: 17 September 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली