भोलि शुक्रबार र पर्सि शनिबार काठमाडौँका विभिन्न ठाउँमा बत्ती निभ्ने

भोलि शुक्रबार र पर्सि शनिबार काठमाडौँका विभिन्न ठाउँमा बत्ती निभ्ने : Icon Khabar

काठमाडौँ, भदौ २८ । भदौ २९ गते, शुक्रबार र भदौ ३० गते, शनिबार विभिन्न स्थानहरुमा विद्युत आपूर्ति प्रभावित अथवा बन्द हुन सक्ने सूचना नेपाल विद्युत प्राधिकरणले प्रकाशित गरेको छ।

सूचना अनुसार शुक्रबार कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङरोड, भैँसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरु (थापाथली, सुन्धारा र के २) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरु बिहान ८ बजेदेखि असोज १ गते सोमबार बिहान ८ बजेसम्म प्रभावित हुने बताइएको छ। त्यसैगरी, पिक लोडको बेला केही समय विद्युत कटौती पनि हुन सक्ने प्राधिकरणले जनाएको छ।

भदौ ३० गते शनिबार भने पाटन सबस्टेसनबाट आपूर्ति भइरहेको पुल्चोक तथा लगनखेल वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरु बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म प्रभावित हुने तथा पिक लोडको बेला केही समय विद्युत कटौती हुन सक्ने सूचनामा उल्लेख छ।

त्यस्तै, शनिबार नै कुलेश्वर वितरण केन्द्र अन्तर्गत रिङ मेन, ताहाचल, ताहाचल, चमती फिडर र पुल्चोक वितरण केन्द्र अन्तर्गत पुल्चोक, बागमती, रिङरोड, भैँसेपाटी फिडर साथै टेकू सबस्टेसन, के३ सबस्टेसन तथा सोसँग सम्बन्धित स्विचिङ स्टेसनहरु (थापाथली, सुन्धारा र के २) बाट आपूर्ति भइरहेको रत्नपार्क वितरण केन्द्र अन्तर्गत पर्ने फिडरहरु दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुने जनाइएको छ।

लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले विद्यमान टेकू सबस्टेसन स्तरोन्नति गरी टेकू–स्युचाटार ६६ के.भी, लाइन १३२ के.भी. मा चार्ज गर्ने गरी कार्य गरिरहेको छ। प्रथम चरणमा टेकू सबस्टेसनमा एक थान १३२/११ के.भी, ४५ एम.भी.ए ट्रान्सफर्मर चार्ज गर्न स्युचाटार तथा टेकू सबस्टेसनमा हाल ६६ के.भी मा चार्ज रहेको स्विचगियर हटाउन, कन्डक्टर परिवर्तन तथा स्थानान्तरण गर्न र टेकूमा प्रसारण लाइन तर्फको तीन ईएचभी केलब टर्मिनेशन गर्न तथा टेकू–स्युचाटार लाइन १३२ के.भी.मा चार्ज गर्न स्युचाटार–पाटन, स्युचाटार–टेकू तथा स्युचाटार–के ३ ६६ के.भी. प्रसारण लाइन सटडाउन गर्नुपर्ने भएको प्राधिकरणले जनाएको छ। सोही कारण ती दिनहरुमा विद्युत आपूर्ति प्रभावित तथा बन्द हुने भएको हो।

Published Date: 14 September 2023
Website | + posts




ताजा
सुन र चाँदीको मूल्यमा भारी गिरावट, एकैदिन सुन तोलामा ६ हजार ३०० रुपैयाँले घट्यो
‘वाक ग्रिन, किप इट क्लिन’ नारासहित बोकाचो गढीमा मिस्टर एण्ड मिस मोडर्नको पदयात्रा
आजदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा पशु वधशाला तथा मासु जाँच ऐन लागू
फाइनल यात्राका लागि लुम्बिनी र सुदूरपश्चिमबीच महासंग्राम, पहिलो क्वालिफायरमा कसले मार्ला बाजी?


ट्रेन्डिङ
एउटै उपत्यका, तिहार मनाउने फरक–फरक मिति : भक्तपुर, काठमाडौं र ललितपुरमै किन मिलेन पर्वको साइत ?
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
भिन्तुनाको नाममा विकृति कि उत्सव? टौमढीमा पटाका पड्किएपछि प्रशासनमाथि प्रश्नैप्रश्न
अनुशासन, आत्मनिर्भरता र सेवाभाव सिकाउँदै ककनीमा दोस्रो स्काउट फ्रेन्डसिप क्याम्प सम्पन्न