लिबियामा बाढीका कारण १ सय ५० जनाको मृत्यु, हजारौं मानिस बेपत्ता

लिबियामा बाढीका कारण १ सय ५० जनाको मृत्यु, हजारौं मानिस बेपत्ता : Icon Khabar

काठमाडौँ, भदौ २६ । लिबियामा बाढीका कारण १ सय ५० जनाको मृत्यु भएको पुष्टि भएको छ । देशको पूर्वी क्षेत्रमा आँधीसँगै आएको बाढीले थुप्रै भौतिक संरचनामा क्षति पुर्‍याएको छ । आँधीले डेर्ना सहरमा दुईवटा ठूला बाँध भत्काउनुका साथै सयौं भवनहरू भत्काएको छ ।

पूर्वी लिबियाको स्वघोषित सरकारका प्रधानमन्त्री ओसामा हमादले करिब २ हजार मानिसको मृत्यु भएको आशंका गरेको अलजजिराको समाचारमा उल्लेख छ । साथै हमादले हजारौं मानिस हराइरहेको जानकारी दिएका छन् । तर कसले पुष्टि गरेको भन्नेबारे उनले विस्तृतमा भनेका छैनन् ।

लिबियाको सशस्त्र बलका प्रवक्ता अहमद अल मोसमारीले पत्रकार सम्मेलन गर्दै डेर्नामा मृतकको संख्या २ हजार नाघेको बताएका छन् । उनले ५ देखि ६ हजार मानिस हराइरहेको पनि बताएका छन् ।

बेंघाजीस्थित रेडक्रिसेन्टका प्रमुख काइस फाकेरीले डेर्नामा पानीको सतह ३ मिटर (१० फिट) सम्म बढ्नुका साथै कम्तीमा १ सय ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । केही विज्ञहरूले भने सोमबार डेर्ना सहरमा ३ करोड घन स्क्वायर मिटरभन्दा बढी पानी सहरमा परेको थियो ।

बाढीसँगै सहरमा बिजुली र इन्टरनेटको लाइन काटिएको छ । घटनामा मृत्यु हुने र हराउनेहरूको संख्या यकिन नभए पनि मृतकको संख्या बढ्नसक्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।

कतिपय प्रमाणित नभएका भिडियो फुटेजहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । जहाँ बाढीले मानिस बगाउँदै गरेको दृश्य र केही सवारी चालकहरू कारको छतमा बसेर उद्धारको पर्खाइ गरिरहेको दृश्य देखिन्छ ।

३ दशकसम्म शासन गरेका मुअम्मर गद्दाफीको २०११ मा हत्या गरिएपछि २०१४ देखि लिबिया दुई प्रशासनिक क्षेत्रमा विभाजित भएको थियो । सोमबारको प्राकृतिक विपदसँगै दुबै सरकारले तीन दिनको शोक मनाउने निर्णय गरेका छन् ।

Published Date: 12 September 2023


ताजा
जीवनोपयोगी शिक्षाको उज्यालो बाटो: अक्सफोर्ड प्राक्टिकल इंग्लिश स्कुलको प्रेरणादायी यात्रा
आईपीएल: सञ्जु सामसनको विष्फोटक ब्याटिङ, दिल्लीमाथि चेन्नईको ८ विकेटको शानदार जित
बुधबारका लागि विदेशी मुद्राको विनिमयदर
मौसम पूर्वानुमान : पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
रथ तान्दा अराजकता: बिस्का: जात्रामा सम्पदा र जनसुरक्षा जोखिममा
समयसँग जुध्दै, सपनालाई आकार दिँदै: मनोरम बोर्डिङ्ग स्कुलको प्रेरणादायी यात्रा
मन्टेसरी एजुकेशन स्कूलको नवौं वार्षिकोत्सव तथा दीक्षान्त समारोह सम्पन्न