लिबियामा बाढीका कारण १ सय ५० जनाको मृत्यु, हजारौं मानिस बेपत्ता

लिबियामा बाढीका कारण १ सय ५० जनाको मृत्यु, हजारौं मानिस बेपत्ता : Icon Khabar

काठमाडौँ, भदौ २६ । लिबियामा बाढीका कारण १ सय ५० जनाको मृत्यु भएको पुष्टि भएको छ । देशको पूर्वी क्षेत्रमा आँधीसँगै आएको बाढीले थुप्रै भौतिक संरचनामा क्षति पुर्‍याएको छ । आँधीले डेर्ना सहरमा दुईवटा ठूला बाँध भत्काउनुका साथै सयौं भवनहरू भत्काएको छ ।

पूर्वी लिबियाको स्वघोषित सरकारका प्रधानमन्त्री ओसामा हमादले करिब २ हजार मानिसको मृत्यु भएको आशंका गरेको अलजजिराको समाचारमा उल्लेख छ । साथै हमादले हजारौं मानिस हराइरहेको जानकारी दिएका छन् । तर कसले पुष्टि गरेको भन्नेबारे उनले विस्तृतमा भनेका छैनन् ।

लिबियाको सशस्त्र बलका प्रवक्ता अहमद अल मोसमारीले पत्रकार सम्मेलन गर्दै डेर्नामा मृतकको संख्या २ हजार नाघेको बताएका छन् । उनले ५ देखि ६ हजार मानिस हराइरहेको पनि बताएका छन् ।

बेंघाजीस्थित रेडक्रिसेन्टका प्रमुख काइस फाकेरीले डेर्नामा पानीको सतह ३ मिटर (१० फिट) सम्म बढ्नुका साथै कम्तीमा १ सय ५० जनाको मृत्यु भएको पुष्टि गरेका छन् । केही विज्ञहरूले भने सोमबार डेर्ना सहरमा ३ करोड घन स्क्वायर मिटरभन्दा बढी पानी सहरमा परेको थियो ।

बाढीसँगै सहरमा बिजुली र इन्टरनेटको लाइन काटिएको छ । घटनामा मृत्यु हुने र हराउनेहरूको संख्या यकिन नभए पनि मृतकको संख्या बढ्नसक्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।

कतिपय प्रमाणित नभएका भिडियो फुटेजहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन् । जहाँ बाढीले मानिस बगाउँदै गरेको दृश्य र केही सवारी चालकहरू कारको छतमा बसेर उद्धारको पर्खाइ गरिरहेको दृश्य देखिन्छ ।

३ दशकसम्म शासन गरेका मुअम्मर गद्दाफीको २०११ मा हत्या गरिएपछि २०१४ देखि लिबिया दुई प्रशासनिक क्षेत्रमा विभाजित भएको थियो । सोमबारको प्राकृतिक विपदसँगै दुबै सरकारले तीन दिनको शोक मनाउने निर्णय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 September 2023
Website | + posts




ताजा
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो
भारतमा खोकीको औषधि ‘कफ सिरप’मा गम्भीर समस्या
बिहिबारको सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्यो
बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक