आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना

आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षाको सम्भावना : Icon Khabar

काठमाडौँ, भदौ २६ । हाल मनसुनको न्यूनचापीय रेखाको पश्चिमी भू–भाग सरदर स्थानको उत्तरतिर अवस्थित छ र पूर्वी भू–भाग सरदर स्थानको दक्षिणतिर अवस्थित छ । साथै बङगालको खाडीको उत्तर–पश्चिम र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको भइरहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख छ ।

काठमाडौँ सहित देशका धेरै ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए । उनका अनुसार बागमती प्रदेशका एक–दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् अधिकारीले बताए।

यसैगरी आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाद्वारा प्रकाशित बुलेटिनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 12 September 2023
Website | + posts




ताजा
माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुग्यो
भारतमा खोकीको औषधि ‘कफ सिरप’मा गम्भीर समस्या
बिहिबारको सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढ्यो
बिपी राजमार्गमा एकतर्फी यातायात सञ्चालन गर्ने तयारी


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
राति ९ बजेपछि भक्तपुरको अरनिको राजमार्गमा टिप्पर आतंक, साना सवारीसाधन असुरक्षित
दिक्षा गौरी हाडाको स्मृतिमा ‘न भेटेर माया गर्न सक्छु’ गीत सार्वजनिक