भारत तथा पाकिस्तानबीचको खेल वर्षाका कारण रोकियो

भारत तथा पाकिस्तानबीचको खेल वर्षाका कारण रोकियो : Icon Khabar

कोलम्बो, भदौ २४ । एशिया कप २०२३ को सुपर फोरमा भारत तथा पाकिस्तानबीचको खेल वर्षाका कारण रोकिएको छ ।

आजको खेलमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको भारतका ओपनरद्वय शुभमन गिल तथा रोहित शर्माले १ सय २१ रनको साझेदारी गर्दै भारतलाई सुदृढ सुरुवात दिएका छन् । यद्यपि, दुबै ओपरन आउट भैसकेका छन् ।

४९ बलमा ६ चौका तथा ४ छक्काको सहयोगले ५६ रन बनाएका शर्मालाई शादाब खानले आउट गरे । उनलाई फहीम असरफले क्याट आउट गरेका हुन् ।

त्यस्तै ५२ बलमा १० चौकासहित ५८ रन बनाउने शुभमन गिललाई शहीन शाह अफ्रीदीले आउट गरे । उनलाई आघा सलमानले क्याच आउट गरेका थिए ।

ताजा अवस्थामा भारतले २५ ओभरको खेल समाप्तीमा दुई विकेट गुमाएर १५५ रन बनाएको छ । विराट कोहली ८ तथा केएल राहुल १७ रन बनाएका खेलिरहेका छन् ।

आजको खेलमा भारतीय टीममा रोहित शर्मा, शुभमन गिल, विराट कोहली, केएल राहुल, इशान किशन, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, जसप्रीत बुमराह तथा मोहम्मद सामी खेलिरहेका छन् ।

पाकिस्तानको टीममा भने फखर जमान, इमाम–उल–हक, बाबर आजम, मोहम्मद रिजवान, आघा सलमान, इफ्तिखार अहमद, शादाब खान, फहीम असरफ, शाहीन शाह अफ्रीदी, नसीम शाह तथा हरिश रऊफ प्लेइङ ११ मा छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 10 September 2023
Website | + posts