प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई असोज ४ गते सम्बोधन गर्ने

प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई असोज ४ गते सम्बोधन गर्ने : Icon Khabar

काठमाडौं, भदौ २१ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई ४ असोजमा सम्बोधन गर्ने भएका छन् ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजना हुने महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ३० भदौमा अमेरिका जाने तय भएको छ ।

भ्रमण टोलीमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेल लगायत छन् ।

प्रधानमन्त्री प्रचण्डले ४असोजमा राष्ट्रसंघीय महासभालाई सम्बोधन गर्नेछन् । उनले अरु कार्यक्रममा पनि सहभागी हुनुका साथै विभिन्न मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुसँग भेटवार्ता गर्नेछन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुने कार्यक्रम पनि तय भएको छ । प्रधानमन्त्री प्रचण्ड ५ असोजमा न्यूयोर्कबाट चीन जाने छन् ।

Published Date: 07 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी