लोकप्रिय अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाधिईन्

लोकप्रिय अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाधिईन् : Icon Khabar

काठमाडौँ, भदौ १६ । नेपाली चलचित्र जगतकी लोकप्रिय अभिनेत्री निरुता सिंह विवाह बन्धनमा बाधिएकी छिन्। अभिनेत्री सिंहले आफु गत अगस्ट ३१ तारिखका बिहिबारका दिन विवाह बन्धनमा बाधिएको कुरा आज आफ्नो आधिकारिक फेसबुक पेज मार्फत तस्बिर राखी जानकारी गराएकी हुन्।

उनले भारतको मुम्बई निवासी श्री संजीभ गुलाटीसँग विवाह गरेको फेसबुक पोष्ट मार्फत जानकारी दिईन्। यस अवसरमा उनले आफुलाई निरुता सिंह भनेर नाम दिएका सम्पूर्ण चलचित्रका आफ्ना दर्शक, घर -परिवार, आफ़न्त तथा छर-छिमेकहरु , उनका चलचित्रकर्मी साथी-भाई अग्रज व्यक्तित्वहरु, विभिन्न माध्यमका संचारकर्मीहरुलाई सम्बोधन पनि गरेकी छिन् ।

उनको हरेक अन्तर्वार्तामा अन्तर्वार्ताकारले “निरुता जी बिहें कहिले गर्ने ?” भन्ने प्रश्न बारम्बार सोधिएको र कहिल्यै नछुट्ने भएकोले अभिनेत्री सिंहले अब यसको जवाफ आएको पनि भनेकी छिन्।

अभिनेत्री सिंहले सन् १९९३ मा रिलिज भएको चलचित्र दक्षिणा मार्फत नेपाली चलचित्र क्षेत्रमा आफ्नो अभिनय सुरू गरेकी हुन्। अभिनेत्री सिंह नेपाली चलचित्रकी प्रथम महिला सुपरस्टार पनि भनेर चिनिन्छिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
1
+1
0
+1
0
Published Date: 02 September 2023
Website | + posts










ताजा
भक्तपुरमा सम्भावित विपद्को क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन निर्देशन
‘आयोडिनयुक्त नुन (उत्पादन तथा विक्री वितरण) ऐन २०५५’ कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढ्यो
सरकारले टेलिग्राम बन्द गरे पनि काठमाडौंस्थित रूसी दूतावासले भने गर्यो प्रयोग










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट