शनिवार बागमती नदीमा र्याफ्टिङ, सुन्दरीजलबाट प्रारम्भ गरिएको र्याफ्टिङ पुग्यो चोभारसम्म

शनिवार बागमती नदीमा र्याफ्टिङ, सुन्दरीजलबाट प्रारम्भ गरिएको र्याफ्टिङ पुग्यो चोभारसम्म : Icon Khabar

काठमाडौं, भदौ १६ । काठमाडौं जिल्ला समन्वय समितिले बागमतीमा र्याफ्टिङ कार्यक्रम आयोजना गरेको छ ।

समितिले शनिवार बागमती नदीलाई स्वच्छ राख्न र बागमती सभ्यतालाई जगाउनुका साथै समाजमा सकारात्मक सन्देश दिने उद्देश्यले र्याफ्टिङ आयोजना गरेको जनाएको छ ।

आज ७ः३० बजेदेखि सुन्दरीजलबाट प्रारम्भ गरिएको र्याफ्टिङ चोभारमा समापन भयो।

र्याफ्टिङ कार्यक्रमले काठमाडौं जिल्लाको ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाको खोज अनुसन्धान संरक्षण र त्यसको एकीकृत विकासमा पनि सबै पालिकासँग मिलेर अगाडि बढ्ने समितिको विश्वास छ ।

Published Date: 02 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग