शाहरुख खानको फिल्म ‘जवान’ को अग्रिम बुकिङ, एक मिनेटमै ३ सय ३३ टिकट विक्री हुँदै

शाहरुख खानको फिल्म ‘जवान’ को अग्रिम बुकिङ, एक मिनेटमै ३ सय ३३ टिकट विक्री हुँदै : Icon Khabar

मुम्बई, भदौ १६ । दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेका बलिउडका अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ को अग्रिम बुकिङ प्रारम्भ भएको छ ।

केहि दिन अघिदेखि ‘जवान’ को अमेरिकामा एडभान्स बुकिङ प्रारम्भ भएको हो । अमेरिकामा एडभान्स बुकिङमा फिल्मको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ । अहिले भारतमा समेत ‘जवान’ को एडभान्स बुकिङ खुला गरिएको छ ।

मुम्बईका केहि मल्टिप्लेक्समा जवानको एडभान्स बुकिङ यसअघि नै खुलिसकेको थियो । जसमा बिहानको शोका लागि टिकट २५० भारतीय रुपैयाबाट प्रारम्भ भएको छ भने २डी आईम्याक्सका लागि रातिको शोका लागि टिकट दर १ हजार ८ सय ५० भारुसम्म रहेको छ ।

‘जवान’ को एडभान्स बुकिङ ४५० स्थानमा खोलिएको थियो । जर्मनी, यूएई तथा अस्ट्रलियामा पनि एडभान्स बुकिङ खुल्ला गरिएको एउटा समाचारमा जनाइएको छ ।

यो फिल्म यही भदौ २१ गते बिहिबारदेखि प्रदर्शनमा आउँदैछ ।

Published Date: 02 September 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग