शाहरुख खानको फिल्म ‘जवान’ को अग्रिम बुकिङ, एक मिनेटमै ३ सय ३३ टिकट विक्री हुँदै

शाहरुख खानको फिल्म ‘जवान’ को अग्रिम बुकिङ, एक मिनेटमै ३ सय ३३ टिकट विक्री हुँदै : Icon Khabar

मुम्बई, भदौ १६ । दर्शकले लामो समयदेखि प्रतीक्षा गरिरहेका बलिउडका अभिनेता शाहरुख खानको फिल्म ‘जवान’ को अग्रिम बुकिङ प्रारम्भ भएको छ ।

केहि दिन अघिदेखि ‘जवान’ को अमेरिकामा एडभान्स बुकिङ प्रारम्भ भएको हो । अमेरिकामा एडभान्स बुकिङमा फिल्मको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ । अहिले भारतमा समेत ‘जवान’ को एडभान्स बुकिङ खुला गरिएको छ ।

मुम्बईका केहि मल्टिप्लेक्समा जवानको एडभान्स बुकिङ यसअघि नै खुलिसकेको थियो । जसमा बिहानको शोका लागि टिकट २५० भारतीय रुपैयाबाट प्रारम्भ भएको छ भने २डी आईम्याक्सका लागि रातिको शोका लागि टिकट दर १ हजार ८ सय ५० भारुसम्म रहेको छ ।

‘जवान’ को एडभान्स बुकिङ ४५० स्थानमा खोलिएको थियो । जर्मनी, यूएई तथा अस्ट्रलियामा पनि एडभान्स बुकिङ खुल्ला गरिएको एउटा समाचारमा जनाइएको छ ।

यो फिल्म यही भदौ २१ गते बिहिबारदेखि प्रदर्शनमा आउँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 September 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु