सिन्धुपाल्चोक जिल्ला र तिब्बतको ल्हासा सीमा नाका तातोपानी शुक्रवारदेखि सर्वसाधारणका लागि खुल्ला

३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै शुक्रवार बिहान नाकाको उद्घाटन

सिन्धुपाल्चोक जिल्ला र तिब्बतको ल्हासा सीमा नाका तातोपानी शुक्रवारदेखि सर्वसाधारणका लागि खुल्ला : Icon Khabar
तस्बिर: कान्तिपुर

तातोपानी, भदौ १५ । लामो समयदेखि आवागमन बन्द रहेको सिन्धुपाल्चोक जिल्ला र तिब्बतको ल्हासा सीमा नाका तातोपानी शुक्रवारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुलेको हो ।

भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट सीमा क्षेत्र भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै शुक्रवार बिहान नाकाको उद्घाटन गरिएको छ ।

अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म २ सय २७ वटा निलो रंगको पास जारी गरेको छ । जुन पासमार्फत सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकबासीलाई मितेरी पुल पारीका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताएका छन् ।

न्यौपानेका अनुसार प्रारम्भमा ३० जना र अहिले पास जारी भएका २ सय २७ नेपाली चिनियाँ क्षेत्र प्रवेश गरेका छन् ।

खासा व्यापारमा निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते तथा खासामा ५ वटा पसल सञ्चालन गरिएको छ ।स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउने छन् । योसंगै सिमावासी नेपालीमा खुशीको लहर छाएको छ ।

यसअघि, गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी तथा नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।

२०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिना अघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

Published Date: 01 September 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी