सिन्धुपाल्चोक जिल्ला र तिब्बतको ल्हासा सीमा नाका तातोपानी शुक्रवारदेखि सर्वसाधारणका लागि खुल्ला

३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै शुक्रवार बिहान नाकाको उद्घाटन

सिन्धुपाल्चोक जिल्ला र तिब्बतको ल्हासा सीमा नाका तातोपानी शुक्रवारदेखि सर्वसाधारणका लागि खुल्ला : Icon Khabar
तस्बिर: कान्तिपुर

तातोपानी, भदौ १५ । लामो समयदेखि आवागमन बन्द रहेको सिन्धुपाल्चोक जिल्ला र तिब्बतको ल्हासा सीमा नाका तातोपानी शुक्रवारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको छ । चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुलेको हो ।

भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट सीमा क्षेत्र भोटेकोशीका ३० जना स्थानीयलाई चिनियाँ क्षेत्र प्रवेश गराएर मानव आवतजावत गराउँदै शुक्रवार बिहान नाकाको उद्घाटन गरिएको छ ।

अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म २ सय २७ वटा निलो रंगको पास जारी गरेको छ । जुन पासमार्फत सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकबासीलाई मितेरी पुल पारीका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताएका छन् ।

न्यौपानेका अनुसार प्रारम्भमा ३० जना र अहिले पास जारी भएका २ सय २७ नेपाली चिनियाँ क्षेत्र प्रवेश गरेका छन् ।

खासा व्यापारमा निर्भर सीमाबासीलाई चिनियाँ क्षेत्र लिपिङपारी १५ वटा, रमिते तथा खासामा ५ वटा पसल सञ्चालन गरिएको छ ।स्थानीयले ती पसलमा गएर कपडा र घरायसी सामान किन्न पाउने छन् । योसंगै सिमावासी नेपालीमा खुशीको लहर छाएको छ ।

यसअघि, गत मंगलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी तथा नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।

२०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिना अघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 01 September 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने