भक्तपुरमा गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा विशेष सरसफाई

भक्तपुरमा गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा विशेष सरसफाई : Icon Khabar

भक्तपुर, भदौ १२ । भक्तपुर नगरपालिकाको आयोजनामा २०८० सालको गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा मंगलबार बिहान विशेष सरसफाई गरिएको छ । यस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेको कारण जनमानसमा अन्योल पैदा नहोस् भनी भक्तपुर नगरपालिका र सरोकारवालाहरूबीच भएको छलफलले २०८० भदौ १३ गते बुधबार गुन्हिपुन्ही (जनैपूर्णिमा) र मिति २०८० भदौ १४ गते सापारु (गाईजात्रा) मनाउने निर्णय गरेको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा भक्तपुरको दत्तात्रयबाट सुरु भएको सरसफाई ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इटाछेँ, खौमा हुँदै दरबार क्षेत्र फसिदेग अगाडि पुगी सभामा परिणत भएको थियो ।

विभिन्न विद्यालयका विद्यार्थीहरूसहितको सहभागितामा भएको सरसफाइमा विद्यार्थीहरूले सन्देशमूलक नारा लेखिएका प्ले कार्डसहित नगर परिक्रमा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 29 August 2023
Website | + posts