भक्तपुरमा गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा विशेष सरसफाई

भक्तपुरमा गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा विशेष सरसफाई : Icon Khabar

भक्तपुर, भदौ १२ । भक्तपुर नगरपालिकाको आयोजनामा २०८० सालको गाईजात्रा पर्व (सापारु) प्रदक्षिणा मार्गमा मंगलबार बिहान विशेष सरसफाई गरिएको छ । यस वर्षको गुन्हिपुन्ही (जनैपूर्णिमा) र सापारु (गाईजात्रा) एकै दिन परेको कारण जनमानसमा अन्योल पैदा नहोस् भनी भक्तपुर नगरपालिका र सरोकारवालाहरूबीच भएको छलफलले २०८० भदौ १३ गते बुधबार गुन्हिपुन्ही (जनैपूर्णिमा) र मिति २०८० भदौ १४ गते सापारु (गाईजात्रा) मनाउने निर्णय गरेको हो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीको नेतृत्वमा भक्तपुरको दत्तात्रयबाट सुरु भएको सरसफाई ¥याली गोल्मढी, सुकुलढोका, टौमढी, नासमना, वंशगोपाल, तेखापुखु, इटाछेँ, खौमा हुँदै दरबार क्षेत्र फसिदेग अगाडि पुगी सभामा परिणत भएको थियो ।

विभिन्न विद्यालयका विद्यार्थीहरूसहितको सहभागितामा भएको सरसफाइमा विद्यार्थीहरूले सन्देशमूलक नारा लेखिएका प्ले कार्डसहित नगर परिक्रमा गरेका थिए ।

Published Date: 29 August 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग