निजी उद्योगका सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि हेटौँडा सिमेन्ट उद्योगले मूल्य घटायो

निजी उद्योगका सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि हेटौँडा सिमेन्ट उद्योगले मूल्य घटायो : Icon Khabar

हेटौँडा, भदौ १२ । सरकारी स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले आफूले उत्पादन गर्दै आएको सिमेन्टको मूल्य घटाएको छ । निजी उद्योगका सिमेन्टसँग प्रतिस्पर्धा गर्न नसकेपछि उद्योगले सिमेन्टको मूल्य घटाएको हो ।

उद्योगले मूल्य घटाएर ५० केजी तौल बोराको सिमेन्टको कारखानाद्वारा ६४९ रुपियाँ ७५ पैसा बनाएको छ । घटाएको मूल्य आइतबारबाट लागू भएको उद्योगले जनाएको छ । उक्त मूल्यमा उद्योगले ५६४ रुपियाँ मात्र पाउने छ भने बाँकी सरकारलाई करमा जाने छ । यसअघि हेटौँडा सिमेन्ट उद्योगको सिमेन्टको कारखानाद्वारा मूल्य ७०१ रुपियाँ ७३ पैसा रहेको थियो । उद्योगले शक्ति ब्रान्डको सिमेन्ट उत्पादन गर्दै आएको छ ।

उद्योगको सिमेन्ट उत्पादन जडित क्षमता वार्षिक २६ लाख टन रहेकोमा छ । तर पछिल्लो समय उत्पादन क्षमता घट्नुका साथै उद्योग नोक्सानीमा चल्दै आएको छ । २०३३ असोज १३ मा स्थापना भएको उद्योग निर्माणपछि आर्थिक वर्ष २०४२-०४३ बाट उत्पादन सुरु गरेको थियो ।

Published Date: 29 August 2023


ताजा
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हर्षोल्लासका साथ इन्द्रजात्रा मनाइँदै
आज शुक्रबारको राशिफल
‘हिमालले चेतावनी दिइरहेको छ, अब विश्वले काम गर्नुपर्छ’—यूएन महासभामा प्रधानमन्त्री शाह
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग