भक्तपुर तेक्वान्दो संघद्वारा आईटीएफ पदक विजेता खेलाडी सम्मानित

भक्तपुर तेक्वान्दो संघद्वारा आईटीएफ पदक विजेता खेलाडी सम्मानित : Icon Khabar

भक्तपुर, भदौ ११ ।  भक्तपुर (आईटीएफ) तेक्वान्दो संघले भारतमा भएको सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका पदक विजेता आफ्ना खेलाडीलाई सोमबार सम्मान गरेको छ । उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी भक्तपुरका ३ खेलाडीले २ स्वर्ण, ३ रजत र ४ कांस्य पदक जितेका थिए ।

सविना तामाङले २ स्वर्ण र १ कांस्य, मुना राईले ३ रजत र १ कांस्य तथा रोनिका पराजुलीले २ कांस्य जितेका थिए । उनीहरुलाई संघीय सांसद् शोविता गौतम, सूर्यविनायक नगरपालिका वडा २ का अध्यक्ष प्रदीप कार्की, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, माउन्ट भ्यू इङलिस स्कुलका अध्यक्ष कृष्णगोपाल राजथला, नेपाल आईटीएफ तेक्वान्दो महासंघका सदस्य आशिष कार्कीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

Published Date: 28 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी