भक्तपुर तेक्वान्दो संघद्वारा आईटीएफ पदक विजेता खेलाडी सम्मानित

भक्तपुर तेक्वान्दो संघद्वारा आईटीएफ पदक विजेता खेलाडी सम्मानित : Icon Khabar

भक्तपुर, भदौ ११ ।  भक्तपुर (आईटीएफ) तेक्वान्दो संघले भारतमा भएको सातौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिताका पदक विजेता आफ्ना खेलाडीलाई सोमबार सम्मान गरेको छ । उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरी भक्तपुरका ३ खेलाडीले २ स्वर्ण, ३ रजत र ४ कांस्य पदक जितेका थिए ।

सविना तामाङले २ स्वर्ण र १ कांस्य, मुना राईले ३ रजत र १ कांस्य तथा रोनिका पराजुलीले २ कांस्य जितेका थिए । उनीहरुलाई संघीय सांसद् शोविता गौतम, सूर्यविनायक नगरपालिका वडा २ का अध्यक्ष प्रदीप कार्की, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, माउन्ट भ्यू इङलिस स्कुलका अध्यक्ष कृष्णगोपाल राजथला, नेपाल आईटीएफ तेक्वान्दो महासंघका सदस्य आशिष कार्कीलगायतले एक कार्यक्रमबीच सम्मान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 August 2023
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने