तेक्वान्दो टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड जाने

तेक्वान्दो टोली वैदेशिक प्रशिक्षणका लागि थाइल्यान्ड जाने : Icon Khabar

काठमाडौं, भदौ ११ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको थप तयारी गर्न वैदेशिका लागि तेक्वान्दोको ग्योरोगी टोली मंगलबार थाइल्यान्ड प्रस्थान गर्ने भएको छ । ९ खेलाडीसहित १२ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, राखेप बोर्ड एवं कार्यकारी समितिकी सदस्य नन्दा बस्याल र राखेपका सदस्य मानदेव हजराले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

पुरुष खेलाडीमा राहुल कुमाल (५८ केजीमुनि), गोविन्दबहादुर आले (६३ केजीमुनि), वीरबहादुर महरा (६८ केजीमुनि), अभिषेक बराल (८० केजीमुनि) र ज्याकी यादव (८० केजीमाथि) रहेका छन् ।

महिलामा अन्जली तामाङ (४९ केजीमुनि), आयशा लामा (५३ केजीमुनि), सन्ध्याकुमारी सिंह (५७ केजीमुनि) र इन्दिरा बस्नेत (६७ केजीमुनि) छन् । प्रशिक्षकमा टीकाप्रसाद लिम्बू, कुमार लामा घिसिङ र ज्ञानी चुनारा (स्वयंसेवक) रहेका छन् । टोली सेप्टेम्बर १७ तारिख नेपाल फर्कने कार्यक्रम छ ।

हाङझाव एसियाडको पुम्सेमा सहभागी हुने खेलाडी प्रेमबहादुर लिम्बू र स्वस्तिका तामाङ भने मलेसियामा वैदेशिक प्रशिक्षण पश्चात स्वदेश फर्किसकेको छ प्रशिक्षक लिम्बूले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 August 2023
Website | + posts




ताजा
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि
मौसमको जानकारी लिएर मात्र ट्रेकिङ्ग जना आग्रह


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने